back

अबको राजनीति आर्थिक समृद्धि तर्फ

मुकुन्द न्यौपाने 

नेकपा एमाले स्थायि कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख

राजनीति अर्थ व्यवस्थाको केन्द्र हो । जुन देशको अर्थ व्यवस्था जुन स्तरमा हुन्छ त्यहाँको राजनीति पनि त्यही स्तरमा हुन्छ । अझ हामी कम्युनिष्ट पार्टीमा माक्र्सबादलाई जोडेर हेर्ने हो भने हामीले साम्यवादको परिकल्पना गर्यौं । माक्र्सको परिभाषामा साम्यबादमा त राजनीतिक व्यवस्था नै हुँदैन । तर अर्थव्यवस्था भने हुन्छ । हामी किन राजनीति गर्छौं भन्दा समाज विभाजन छ । त्यसैले अहिले राजनीति प्रधान बन्यो । पहिले हामीले बुझ्नुपर्ने कुरो अव्यवस्थित अर्थव्यवस्था अन्त्य गर्नको निम्ति राजनीतिक पाटो प्रधान बन्यो, तर संधै बन्दैन ।

संविधानको घोषणा पछि राजनीति पाटो गौण

गणतन्त्र आईसक्यो । हाम्रा अधिकारहरु मुलत स्थापित गरिसक्यौं । अब संगठनको निम्ति स्वतन्त्रताको नारा लिएर हामी सडकमा जाँदैनौँ, पार्टी खोल्न प¥यो भनेर हामी सडकमा जाँदैनौँ, यो व्यवस्था खारेज गर भनेर हामी सडकमा जाँदैनौं  । मुलत हाम्रा राजनीतिक मागहरु सकिए । अब हामी आर्थिक पाटोतिर जान्छाँै भनेर हामीले घोषणा गर्यौं,  तर यो घोषणा अनुसारको बुझाई, व्यवहार, तयारी चाहीँ छ कि छैन ? यो फरक पाटो हो ।

अहिले हामी संक्रमणकालको यस्तो बिन्दु, चरण र मोडमा आइपुगेका छौं । हरेक मोडहरुमा फैसला गर्न धेरै गाह्रो हुन्छ । यस्ता मोडहरुमा ठुला ठुला नेताहरुले पनि फेल खाएका छन् । १९०० को अक्टोवरको क्रान्ति पछि रुसी राजनीतिमा साम्यवादको घोषणा गरियो । पछि गलत बाटो रहेछ, मुलुकलाई धनी बनाउनु पर्ने रहेछ, युद्ध साम्यवाद होइन कि युद्ध आर्थिकवाद ल्याउनुपर्ने रहेछ भनेर त्यसलाई आफ्नो गलत सच्याएर लेनिन्को नेतृत्वमा रुसमा नयाँ पुँजिवाद जारी भयो । आज जुन चीनले लागु गरिरहेको छ, यही कुरा हामीले बुझ्न सकिरहेका छैनौँ ।
अहिले पनि हामीले गहिरोगरी समाजको अर्थतन्त्र र सामाजिक रुपान्तरणलाई बुझ्न नसक्दा र ग्रहण गर्न नसक्दा संसारभरीको कम्युनिष्ट मध्ये हाम्रोमा भद्रगोल चलिरहेको छ । त्यो भद्रगोलको चपेटामा हामी अहिले पनि छौँ ।

समृद्धिका निम्ति नागरिक सचेत हुनु पर्छ

सिंगो मुलुक जव सजग हुँदैन, नागरिक सजग हुँदैन, तवसम्म देशको विकास एक पाईला पनि अगाडि बढ्दैन । ठुला नेताहरुले यस विषयमा अध्ययन गर्छन् । यो उनीहरुको जिम्मा हो, हाम्रो जिम्मा चाहीँ उनीहरुले भन्देको कुरालाई पालना गर्ने हो भन्ने बुझाइमा जवसम्म नागरिक र बैद्धिक जमात रहन्छ मुलुकले अग्रगमन पहिल्याउँदैन । मैले बुझेको एउटा पाटो यो हो ।

राजनीतिक मतभेद सकिए, अव २५ बर्ष हामी कुर्सीको लागि झगडा नगरौं

अहिले राजनीतिक पार्टीले ध्यान दिने दुई वटा पक्ष छन्, शान्ति र समृद्धि । चाहे काँग्रेस होस् चाहे ऐमाले होस्, चाहे राप्रपा होस्, सबैले सोच्ने भनेको शान्ति र समृद्धि हो । यो दुईवटा कुरा भन्दा अरु केही छैन । पिडाबाट मान्छेलाई मुक्ति दिने, जनतालाई सुखी बनाउने समृद्धि दिने । यो भन्दा अरु दायाँ बायाँ केही नसोचौँ भन्ने हो भने हामी किन कमल थापा संग अहिले जसरी गएका छौँ त्यसैगरी २५ बर्ष जान नसक्ने ? दुईवटै एकै ठाउँमा छौँ भने अब सारा नेपालीहरु एक ठाउँमा जम्मा भएर यही शान्ति र समृद्धिमा मरिमेटौं न । अब केमा मतभेद छ र ! कुर्सी र पैसामा बाहेक । कसले धेरै पैसा जम्मा गर्ने, कसले धेरै कुर्सी जम्मा गर्ने भन्ने कुरा जब दिमागमा आउँछ अनि त्यो कुर्सीमा को पहिला पुग्ने भन्ने कुरा आउँछ, तव झगडा पर्छ ।

६५ बर्ष लगाएर संबिधान सभाबाटै संविधान ल्यायौं । शान्ति र संमृद्धिको लागि एक ठाउँमा उभिएर हामी त्याग गरौं । अब २५ बर्ष हामी कुर्सीको लागि झगडा गर्दैनौँ, शान्ति र समृद्धिको लागि, जनताको सुखको लागि अगाडि बढौं भन्ने हो भने यो मुलुक कायापलट हुन्छ । कायल पलट हुन नेताहरुको त्याग र तपस्याबाट नै हो । अरुकुराबाट हुँदैन ।

Mukubda nyaupane

नेतृत्वमा स्पष्ट भिजन र अडान हुनु पर्छ

इतिहासमा व्यक्तिको भुमिका महत्वपुर्ण हुन्छ । सानो उदाहरण हेरौं :- पहिले केपी ओलीलाई यसरी गाली गरे, मधेसी बिच्क्यायो, छुच्चो भयो, केही गर्न नसक्ने भयो, ओलीकै कारण संविधान बन्न नसक्ने भयो भने । हुँदा हुँदा केपी ओलि नै यस्तो मान्छे बने प्रचण्डलाई खिचेर ल्याए । उनका अडानकै कारण मोदीका दुतदेखि लिएर दुनियाँका दबावसामु झुकेनन् । केपी, प्रचण्ड र कृष्ण सिटौला सहित लागेर शुसिललाई खुट्टा कमाउन दिएनन् र संविधान बन्यो । संविधान एमालेको कारणले बन्यो भन्ने दुनियाँमा एउटा म्यासेज रह्यो । फेरी केपी ओलीलाई प्रधानमन्त्री बन्ने बेलामा पनि एउटा खेल भयो । त्यसमा पनि असफल भए । त्यसपछि नाका बन्दीले घेरिए । यसमा पनि अडानै कारण पुरै नाका बन्दी खोल्न सफल भए ।

आखिर एउटा सानो मुलुकको लिडरसिप तपाई हेर्नुस् । हिजोको लिडरसिप र आजको लिडरसिपमा तपाईले कति फरक के देख्नु हुन्छ । एउटा अडान लिन सक्ने मान्छेले मोदीलाई गलाइदिँदो रहेछ भन्ने त प्रष्टै देखियो नि । यी तथ्यहरु हामी सानो राष्ट्र भएर होईन । आफ्नो अडानमा टिक्न सक्ने लिडर भयो भने नेपालको सान रहन्छ ।

अरुको नक्कल हैन आफ्नै विशेषताको विकास गर्नु पर्छ

शान्ति र समृद्धि सुरु भईसक्यो । अब भनेको निर्माण तर्फ मुलुकलाई अगाडि लौजाने हो । निर्माण तर्फ जानु भन्दा पहिलो आफ्नो विशेषतालाई बुझ्नु जरुरी छ । धनी बनाउने देशलाई भन्छौँ के कुराले धनी बनाउने त ? हरेक देशका आफ्नै विशेषता हुन्छन् भारतको आफ्नै विशेषता छ, चीनको आफ्नै विशेषता छ, हाम्रो आफ्नो पनि आफ्नै विशेषता छ । चीन, भारत र बङ्गलादेशमा भयाँकर कपास उत्पादन हुन्छ । कच्चा पदार्थ आफ्नै देशमा छ र कपडा उसैकहाँ उत्पादन हुन्छ । अब हामी कपडा उत्पादन गरेर चीनसंग प्रतिस्पर्धा गर्न सक्छौं ? सक्दैनौ नि । अब हामीले देश समृद्धि तर्फ लौजाने भन्यौँ भने नेपालको सरकार र नेपाली जनताले देश के बाट समृद्ध बनाउने भने सोच्नु आवश्यक छ ।

नेपाल समृद्ध हुने क्षेत्र पर्यटन, जलस्रोत, कृषि, जंगल र जडिबुटी

नेपाल समृद्ध हुने पहिलो क्षेत्र भनेको पर्यटन हो । यो विश्वमा एक्काईसौं शताव्दिका सबैभन्दा ठुलो उद्योग हो । सूचना, उपकरण र सञ्चारका कारणले मान्छेहरु एक महादेशबाट अर्को महादेशका देश हेर्ने र घुम्नको लागि उर्लेर जान थाले ।

चीनले केरुङ भएर दिल्लीसम्म त्रिदेशिय सडकको कुरा उठाईरहेको छ । उसले आफ्नै बजार विस्ताको लागि गरेको हो । हामीले यसबाट पनि लाभ लिन सक्छौं । चीन र भारतका एक करोड मान्छे यो बाटो रेल र सडक प्रयोग गरेर हिँड्न थाले भने, यी मध्ये ५० लाख मान्छे मात्र हामीले यहाँ बास बसाउन सक्यौं भने वैदेशिक डलर हामी त्यहाँबाट प्राप्त गर्न सक्छौँ ।

दोस्रो, जलस्रोत हाम्रो बाह्रै महिना बगिरहने हिम नदीहरु छन् । हामी कहाँ हाईड्रोपावरको असाध्यै संभावना छ । २० देखि २५ हजार मेगावाट मात्र विजुली उत्पादन गर्न सक्यांै भने पनि यसबाटै समृद्धि कमाउँछौं ।

तेस्रो कृषि, अहिले हाम्रो सबै खेत बारी बाँझो छन् । ३० लाख मानिसहरु वैदेशिक रोजगारीमा बाहिरिएका छन् । बुढाबुढी, केटाकेटी खेती गर्न नसक्नेहरु मात्र छन् ।

चौथो हाम्रो जङ्गल र जडिबुटी, नेपालमा तपाई जुन साल पाउनुहुन्छ यो महाकालीदेखि अछामसम्मको बेल्टमा पाउने साल अन्त कहिँपनि पाइन्न । आज भारतले जुन एक मधेस एक प्रदेशको नारा लगाईरहेका छन् । त्यसको पछाडि यो साल माथि आँखा लगाउनु पनि हो । व्रिटिसको बेलादेखि भारतको रेल लिगमा जति पनि बिछ्याइएको पट्टी छ, त्यो सबै नेपालको सालको काठ हो । एक हजार बर्षसम्म ति सालको काठ सढ्दैन ।

हामीसंग भएको कृषि, जलविद्युत, जंगल जडिबुटी र पर्यटन हाम्रो सम्पुर्ण शक्ति यतैतिर लाग्नुपर्छ । यही चार क्षेत्रमा ध्यान केन्द्रित गर्नु पर्छ । हाम्रो प्रधानमन्त्रीले हाइड्रो यसरी बनाउछौं, हावाबाट बिजुली निकाल्ने कुरा गर्दा कत्तिले उखान टुक्का भने । हावाबाट बिजुली मुस्ताङमा पहिल्यै सुरु पनि गरेका थियौं तर सरकारले ध्यान दिएन ।

नेपालमा सम्भावना नै छैन भन्न मिल्दैन । सोलारबाट कोरियनहरुले राजमार्ग छेउलाई केन्द्रित गरेर ५० मेगावाटको बनाइदिन्छांै, राज्यले प्यानलहरुको सुरक्षा दिनुपर्छ भनेको छ । हाइड्रोजस्तो बाँध बाँधेर ल्याउनु पर्ने होइन । उनीहरुलाई यो केही ठुलो कुरो होईन । तर गर्ने इच्छा चाहीँ हामीसंग छ कि छैन ? समस्या हामी भित्रको हो । बाह्य रुपमा हामी असक्त छौनांै । सबै सशक्त छौं । हामीसँग धेरै स्रोतहरु छन् । नेपाल धनी हुन, हामी धनी हुने धेरै आधारहरु छन् ।

Mukubda nyaupane 1

समृद्धिको बाधक राजनीतिक संकिर्णता

तर सबभन्दा ठुलो समस्या हामी भित्र राजनीतिक दलको नेतृत्वमा जुन सङ्किर्णता छ, यो हिन्दु संस्कार भित्र रहेको महन्त संसकृति, मठाधिश संस्कृति र संस्कार हावी भएर हो । यसलाई अर्धसामन्तवाद संस्कृति भनिन्छ । एकले अर्कोलाई होच्याउने, हियाउने हामी भित्रको अहंकार र आफुलाई म ठुलो हुँ भन्ने, क्षमता कति छ त्यसलाई आँकलन नगर्ने, भएभरको आँक्ने, यो संस्कृतिले गर्दा राजनीतिक दल भित्र एकता हुन नसकेको हो । एउटै पार्टी भित्र एकता हुन नसक्नु नै यो नेपालको पहिलो समस्या हो । त्यसैले राजनीतिक दलहरुको एकतालाई बलियो बनाउने र राजनीतिक नेताहरुको कमि कमजोरीहरुलाई प्रष्ट ढंगले खुलेर आलोचना गरेर नागरिकलाई जगाइदिन सकियो भयो भने केही हदसम्म सहज स्थिति आउने छ । जनता नै विश्व इतिहासका चालक शक्ति हुन् भनेर महान् दार्शनिकहरुले भनेका छन् । त्यसैले जनताका सामु कोहि पनि महान् भएर निस्कन सक्दैन ।

ट्रेड युनियन र उद्योगी

ट्रेड युनियन र उद्योग भित्र दक्षिण एसियामै दरिद्र मनोवृत्ति छ । ट्रेड युनियन भित्र पनि विभिन्न माग राख्ने र हड्ताल गर्ने वातावरण चाहीँ उद्यमीले बनाइदिन्छ । अनि उद्योग बन्द गर्ने बातावरण चाहीँ मजदुरले नै गर्छ । उद्यमीले उद्योग खोलेको छ, तर उसमा उद्यमीको मनोवृत्ति छैन । किनकी उसमा व्यापारी मनोवृत्ति छ ।

व्यापारी चरित्रको उद्योगपति र किसान चरित्रको मजदुर

व्यापारी चरित्र भएको उद्योगपति र किसान चरित्र भएको मजदुर । अब उद्योगपतिलाई ठग्न सकिँदैन, हलो जात्ने मालिकलाई त ठग्न पाईयो । बढ्दो प्रविधि हाम्रो चरित्रसँग मिल्न नसकेकाले समस्या परेको हो । शरीरमा भएको बलको आधारमा पुँजिको नाप हुन्थ्यो पहिले । अब ज्ञानको आधारमा पुँजिको नाप हुन्छ । अब ज्ञानले बलको ठाउँ लिईसक्यो । अब तपाईसँग कति ज्ञान छ, प्रविधिले सोही आधारमा काम दिन्छ । हिजो एउटा उद्योगमा ३० हजार मान्छेले काम गर्थे आज २०० मान्छेले काम गर्छन् । त्यसैले अबको जटिलताको गाँठो फुकाउन यसको धेरै विश्लेषण गर्ने, सामाजिक सन्तुलन कसरी मिलाउने, मान्छेको खाद्यान्नको समस्या कसरी टार्न सकिन्छ, मान्छेलाई कसरी व्यस्त बनाउने भन्ने जटिलता थपिन थालेको छ ।

लेवर र उद्योगपतिबीच हिजोको जस्तो झगडा छैन । किनकी मालिक त बैँक भैसक्यो । बैँक मालिक भएको हुनाले हिजोको जस्तो मजदुर मालिक झगडा नै देख्न पाइन्न । अहिले उनीहरुको बीचमा सम्झैताको पाटो बलियो भएर जाँदै छ ।

बैंकिङ पुँजी

पुँजिका तीन ओटा रुप बुझेनौं भने पुँजीलाई बुझ्न सक्दैनौं । पुँजिको जन्म नै व्यापारबाट भएको हुन्छ । व्यापारी पुँजिलाई समाप्त गरेर उद्योगी पुँजि आयो । पुँजि उद्योगको हातमा हुँदा अलि फराकिलो भयो । अव उद्योग पुँजिको हातबाटपनि गईसक्यो । १९९० को दशकदेखि बैँकिङ, वित्तिय पुँजि भयो । अव पुँजी बैँकको हातमा छ । बैँकले जतिखेर पनि ताला लगाउन सक्छ ।

पुँजिले यसरी आफ्नो क्यारेटर स्थापित गर्दै गएको छ । लेवर र उद्योगपतिबीच हिजोको जस्तो झगडा छैन । किनकी मालिक त बैँक भैसक्यो । बैँक मालिक भएको हुनाले हिजोको जस्तो मजदुर मालिक झगडा नै देख्न पाइन्न । अहिले उनीहरुको बीचमा सम्झैताको पाटो बलियो भएर जाँदै छ । किनभने उद्योग त टिकाउनु प¥यो । उद्योग रहेन भने म पनि रहन्न र उद्योग पनि रहँदैन भन्ने भावना विकास हुँदै जाँदा दुबै पक्षको हित हुने गरी अगाडि बढेका छन् ।

सम्झौता र समझदारिबाटै जानु पर्छ

सहज ढंगबाट नगई जिउनै गाह्रो हुन्छ दुवै थरीलाई । सम्झौता र समझदारिबाटै जानु पर्छ । शान्ति र समृद्धि सिङ्गो राष्ट्रको आवाज हो । यो राष्ट्रको आवाजबाट उद्योगी, मजदुर, श्रमिक कोही पनि तलमाथि जान सक्दैन । अलिकति आफ्नो कुरा चाहीँ तलमाथि पर्लान् मजदुरका पनि उद्योगिका पनि । अब झगडाले हड्तालले, बन्दले, जुलुसले, नाराले मुलुकमा समस्या समाधान हुँदैन । अब शान्तिपुर्ण ढंगले टेवुलबाट सहकार्य, समझदारी र सम्झैता यि तिनओटा कुराबाट मात्र मुलुकमा समस्या समाधान हुन्छ अब हामीले शान्तिपुर्ण सहकार्य खोज्नुपर्छ ।

व्यवसायीको नेतृत्व नेपाल उद्योग तथा व्यवसायी महासंघबाटै

अब शान्तिपुर्ण समाधानको पाटो चाहीँ नेपाल उद्योग तथा व्यवसायी महासंघले नेतृत्व गर्छ । आपसी समझदारी, सहयोग र सहमती भन्दा अरु कुनै पाटो छैन । सिङ्गो देशको पाटो नै यही हो । यो भन्दा अर्को छँदै छैन ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ आठ ओटा घटक संघको एउटा महासंघ हो । यसमा वाणिज्य, निर्माण परिषद्, निर्माण व्यवसायी, यातायात, पर्यटन, वैदेशिक रोजगार, उद्योग यि आदि गरेर आठ ओटा घटक आवद्ध छन् ।

हामी देश भरी रहेका विभिन्न प्रकृृतिका विदेशमा व्यापार गर्ने, हिमाल पारी व्यापार गर्ने, कपडा व्यापार गर्नेदेखि लिएर औषधी विक्रि गर्नेसम्मलाई लिएर सबैलाई एउटै संगठनमा समेट्न चाहन्छौँ । उद्योग व्यापार महासंघ, चेम्बर अफ कमर्श र यातायात महासंघ छन्, यी संगठनहरु आ–आफ्नो ठाउँमा बनेका छन् । तर ति भित्र पनि मतभेद, आपसी झगडा छ, विभाजित छन् । हामी ति भित्रको विभाजनलाई पनि अन्त्य गरेर उद्यमीहरुको एउटा संगठन बनोस् भन्ने चाहन्छौं । र सम्पुर्ण उद्योगिहरुको एउटै छातासंगठन बन्यो भने सशक्त पनि हुन्छ ।

एउटै लक्ष्य लिएर गयो भने बिकासका आधार बलियो हुन्छ । हामी कुनै विदेशीलाई नबोलाई नेपालीसंगै भएको पैसाले हाईड्रो, ठुला सडक, पर्यटनमा पनि लगानी गर्न सक्छौँ । र नेपाललाई धनी बनाउन सक्छौँ । यस कामका निम्ति अहिले नेपाल उद्योग तथा व्यवसायी महासंघले नेतृत्व गर्न आवश्यक छ ।

Mukubda nyaupane 2

राजनीति भन्दा व्यवसायीक क्षेत्र धेरै फराकिलो

एउटा मानिस उद्यमी हुनका लागि एउटा स्तर मेन्टेन गर्नु पर्ने हुन्छ । उसको लक्ष्य र सोच पनि भिन्न हुन्छ । उसले यहाँ पुँजि लगानी गरेको छ । पार्टीमा नेता हुन केही पनि लगानी नगरी कुर्सी खोज्न पुगेको हुन्छ । पार्टी र व्यवसायमा फरक प्रतिस्पर्धा हुन्छ । व्यवसायमा पुँजिको प्रतिस्पर्धा छ । उद्योगी व्यवसायीले त्यो बुझेको हुन्छ ।

त्यसैले राजनीति र व्यवसायलाई फरक ढंगले हेर्न सक्यौं भने उद्यमी, व्यवसायी भित्रको अन्तरविरोध र झगडालाई अत्यन्त सहज ढंगले मिलाउन सकिन्छ । राजनीति भित्र मैले यो कुर्सी अहिल्यै पाईन भने कहिल्यै पाउन्न भनेर लडाई हुन्छ । व्यवसायीमा भने मैले अहिले अलिकति पाएँ भने मेरो छोराले अलि धेरै पाउनुपर्छ भन्ने सोचाई छ । त्यसैले हामीले बुझ्नुपर्छ, राजनीति भन्दा व्यवसायीक क्षेत्र धेरै फराकिलो छ ।

(नेकपा एमाले स्थायि कमिटी सदस्य एवं उद्योग व्यवसाय विभागका प्रमुख नौपानेसंग कुराकानीमा आधारित)
प्रस्तुति : रामेश्वर कार्की

१५ फागुन २०७२ / ६:४०

वि.सं.२०७२ फागुन १५ शनिवार १९:१२ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

वि.सं.२०७९ माघ २४ मंगलवार १६:३६

काठमाडौं। विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध...

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा

बालिका हत्या अभियोगमा अरुण साहलाई जन्मकैदको सजाय, घर स्थानीयको नियन्त्रणमा

वि.सं.२०७९ माघ २४ मंगलवार १५:४६

विशाल बस्नेत, महोत्तरी । जिल्ला अदालत महोत्तरीले सात वर्षीया बालिका...

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४९

इन्दिप कोइराला, बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ...

‘जनयुद्ध दिवस’ मनाउने भन्दै फागुन १ गते दिइयो सार्वजनिक बिदा

‘जनयुद्ध दिवस’ मनाउने भन्दै फागुन १ गते दिइयो सार्वजनिक बिदा

वि.सं.२०७९ माघ २४ मंगलवार १३:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १...