back

भिड्लान् त ज्वाईं ससुरै महामन्त्रीमा, केसीले किन छाडे संस्थापन ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी सुशील कोइरालाको निधनअघिसम्म संस्थापनका विश्वासिला नेता मानिन्थे । उनले संस्थापनलाई पार्टीका महत्वपूर्ण निर्णयहरुमा साथ पनि दिने गरेका थिए । तर आसन्न १३ औँ महाधिवेशनबाट भने केसी कंग्रेस बरिष्ठ नेता शेरबहादुर देउवातिर गएका छन् । देउवा पक्ष उनलाई महामन्त्री बनाउन लगभग तयार भईसकेको छ । तर उनीमाथी एउटा सर्त देउवा पक्षले अघि सारेको छ । यदी उनले आफ्नो ज्वाईंसमेत रहेको युवा नेता गगन थापालाई पनि देउवा क्याम्पपट्टि ल्याउन सकेभने देउवा पक्षबाट महामन्त्रीको उमेदवार उनी निर्विकल्प हुनेछन् । तर यो त्यति सहज भने देखिँदैन । किनभने उनका ज्वाईं गगन संस्थापनबाट महामन्त्री लड्ने तयारीमा छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा समर्थन नगरे सिटौलासंग लबिङ गरेर भएपनि उनी महामन्त्रीमा लड्ने पक्षमा देखिएका छन् । गाउँ, क्षेत्र र जिल्लामा प्रखर वक्ताका रुपमा युवा नेता गगन लोकप्रीय छन् । यदी गगन मैदानमा उत्रिए भने देउवा निकटबाट महामन्त्रीमा लड्ने एकजनाले पराजय भोग्नुपर्ने हुन सक्छ । त्यसमा केसी नै नपर्लान् भन्न सक्ने अवस्था रहँदैन । त्यसैले गगन बिना केसी एक्लै आए देउवा पक्षले पनि उनलाई हल्का रुपमा हेर्ने विश्लेषण गरिन्छ । के गर्लान अब केसीले ? प्रस्तुत छ अर्थतन्त्रका लागि उनै केसीसंग पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।

किन रोज्नुभयो तपाईंले देउवा क्याम्प ?
म पार्टीको १० औँ अघिवेशनमा ९ औँ पोजिसन ल्याएर जितेको थिएँ । ११ आँै अधिवेशनमा म पाँचौ पोजिसन ल्याएर जितेको मान्छे हुँ ।, १२ औँ अधिवेशनमा दोश्रो पोजिसन ल्याएर जितेको मान्छे हुँ । २०५४ सालपछि अहिले ७२ सालमासम्मको यो १८ वर्षमा पार्टी सरकारमा गएका बेला म मन्त्री बनेको छैन । यहाँ एकथरि पक्षलाई जन्मजात मन्त्री र सरकारमा बस्नुपर्ने ढंगबाट उहाँहरु (संस्थापन)ले लिनुभयो । यो न्याय र विवेकको दृष्टिकोणले राम्रो भएन । मैले धेरै विचार गरेँ । राष्ट्रिय रुपबाट पनि लोकतान्त्रीक पक्षधरहरुलाई समेटेर लैजान सक्ने नेतृत्वको क्षमता राख्ने मैले देउवाजीमा नै देखेँ । त्यसैले मैले उहाँलाई रोजेको हुँ ।

तपाईको ज्वाई समेत रहेका गगन थापालाई तपाईसंगै ल्याउनुभएन भने तपाईलाई देउवा पक्षले कमजोर ठान्ने विश्लेषण भईरहेको छ नि ?

विश्लेषणहरु जे पनि हुन्छन् । गगन युवा नेतामात्र नभएर मेरो परिवारभित्रको सदस्य पनि हुनुहुन्छ । म उहाँसंग पनि छलफलमा छु ।

के भन्छन् त गगन ?
हैन, पारिवारिक कुरा पनि हो । अब उहाँसंगको छलफल जे होस् सकारात्मक छ अहिलेलाई यति नै भन्न चाहान्छु । उहाँले पनि उचित निर्णय लिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

तर देउवा पक्षकै नेताहरु तपाई कमजोर हुनुहुन्छ भनेर आलोचना गर्दैछन् त ?
को कति कमजोर र बलियो भन्ने कुरा त चुनावपछि थाहा भैहाल्छन नि ? यो कुरा अगाडी नै भविष्यवाणी गर्नुको के अर्थ ?
देउवाले तपाईलाई महामन्त्रीमा उठाउने तयारी गरेपछि त्यो गुटका अरु नेताहरु रुष्ट छन् भनिन्छ, देउवालाई पनि निकै दबाब परेकाले

उनीहरुले अन्तिममा साथ दिएनन भने नि ?
त्यो अवस्था आउँदैन । यदी आइहाल्यो भने म मेरो पाराले गर्न सक्छु । तर मलाई विश्वास छ, साथीहरुबीच मैले निकै छलफल गरेको छु । म पदको लोभले मात्रै देउवानिकट भएको हैन । पार्टीमा मैले लामो समयदेखि गरेको संघर्षको मूल्याङकन गर्ने र सामूहिक नेतृत्वपट्टि जोड दिने नेतृत्वमा म सामेल हुन खोजेको हुँ । म आफै पनि नेतृत्वको लागि सक्षम छु तर मैले पार्टीको विवाद व्यवस्थापन र थप ध्रुविकरणको सम्भावनालाई यथार्थमा आउन नदिन यस्तो गरिरहेको छु । र हामीले जितेपछि यो पार्टीको ध्रुविकरण हामी अन्त्य गरेरै छाड्छौँ र पार्टीलाई एक ढिक्का पार्छौँ ।

म सभापतिको आकांक्षी हुँ तर लचीलो भएर महामन्त्रीमा लड्न खोजेको हुँ
गाउँ, क्षेत्र र जिल्लामा साथीहरुले मलाई राम्रो प्रतिक्रिया र साथ दिनुभएको छ । म खास सभापतिकै लागि उठ्न खोजेको थिएँ । तर साथीहरुबीच विवाद र पार्टीमा नेतृत्व हानथापजस्तो नहोस् भनेर म महामन्त्रीमा लड्न सहमत भएको हुँ । तर म सभापतिबाट पछि हटेको भन्ने निश्चितनै भईसकेको छैन । तर महामन्त्रीमा उमेदवारी दिने सम्भावना बलियो छ ।

संस्थापनद्वारा पेश नीति तथा कार्यक्रम अव्यवहारिक
बिहिबारको केन्द्रीय समितिमा रामचन्द्रजीले पेश गर्नुभएको नीति तथा कार्यक्रम अव्यवहारिक छ । त्यसलाई पार्टीको विवाद हल गरेर पार्टीलाई समृद्धिको बाटोतर्फ लाँदैन । त्यो कसैमार्फत लेखिएको झैँ लाग्थ्यो । त्यसैले कार्यदिशाको हिसाबले हेर्ने हो भने पनि उहाँहरु कमजोर हुनुहुन्छ ।

विधान संशोधन किन ?
गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सकिएको अवस्थामा केन्द्रीय पधादिकारी थपेर कार्यसमितलाई भद्दा बनाउने पक्षमा हामी समर्थन जनाउन सक्दैनौँ । यो व्यवहारिक र वैज्ञानिक छैन । हामीसंग समय पनि कम छ । यो चाहिँ व्यक्तिको लागि पद निर्माण गर्ने र नेतृत्वको बोज चाहिँ केन्द्रमा भारी बोकाउने बाहेक अरु कुनै तात्वीक अर्थ छैन । यो संभव पनि छैन ।

सुजता कोइराला, कृष्ण सिटौलालगायत पनि सभापतिमा उठ्न आ–आफै लबिङ गरिरहेका छन्, कांग्रेसमा गुट चाहिँ कतिवटा छ ?
आकांक्षा राख्नु ठूलो कुरा हैन । उहाँहरु सक्षम हुनुहुन्छ त्यसैले राख्नुभएको होला । तर आकांक्षाले मात्रै हुँदैन । तपाईलाई थाहै छ, अहिले कांग्रेसमा देखिएको शक्ति गुट दुइवटा छ । यो हामीले स्वीकारेपनि नस्वीकारेपनि सबैले देखिरहेको कुरा हो ।

१६ फागुन २०७२ / १०:१०

वि.सं.२०७२ फागुन १६ आइतवार ११:०४ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...