back

सुपर दोर्दी आयोजनाका लागि ८० करोड

लमजुङ । स्वदेशी लगानीमा निजीक्षेत्रले निर्माण गर्न लागेको ठूलो आयोजना मध्येको एक सुपर दोर्दी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक ८० करोड रुपैयाँ जुटाइएकोछ ।

४९।६ मेगावाट क्षमता भएको यो आयोजना पिपुल्स हाइड्रोले निर्माण गर्न लागेको हो । नबिल बैंकको नेतृत्वमा नौ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयकरणमा लगानी गर्न लागेका हुन् ।

कन्सोर्टियमको नेतृत्व नबिल बैंकले गरेको छ भने सह–नेतृत्व एभरेष्ट र ग्लोबल आईएमई बैंकले गरेका छन् । नविल बैंकले एक अर्ब २५ करोड, एभरेष्ट बैंकले एक अर्ब रुपैयाँ र ग्लोबल आईएमई बैंकले ९५ करोड रुपैयाँ कर्जा लगानी गर्ने संझौता भएको छ । यसमा प्रवद्र्धकले ३० प्रतिसत र बैंक तथा वित्तीय सस्थाबाट कर्जा लिएर ८० प्रतिसत स्रोत जुटाइने छ ।

लमजुङ ढोडेनी गाविसमा बाँध बाँधेर पाँच किलोमिटर सुरुङ मार्फत ६०१ मिटरको हेडबाट पानी खसालेर विद्युत उत्पादन गरिने छ । आयोजनाको पावर हाउस अण्डरग्राउण्ड हुनेछ । उत्पादित विजुली पावर हाउसबाट ६ किलोमिटर टाढा लमजुङको किर्तिपुरको सवस्टेशनमा पुर्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ । किर्तिपुरको सबस्टेशन निर्माणाधिन छ ।

दोर्दी खोलामा चार आयोजना निर्माणाधिन छन् । यसमध्ये सुपरदोर्दी सबैभन्दा माथिको र ठूलो आयोजना हो । आयोजनाले २०७६ साल असोज २० गते विद्युत उत्पादन गर्ने लक्ष राखेको छ ।

१६ फागुन २०७२, ९।००

वि.सं.२०७२ फागुन १६ आइतवार १०:२३ मा प्रकाशित

You can share this post!

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

वि.सं.२०८० असोज ४ बिहीवार १७:३२

अशोक घिमिरे काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका...

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

वि.सं.२०८० असोज ४ बिहीवार १७:२७

काठमाडौँ, ४ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

वि.सं.२०८० असोज ४ बिहीवार १७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री...

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

वि.सं.२०८० असोज ४ बिहीवार १६:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र...