back
Kumari Bank

जापानमा ५ वर्षमा झन्डै १० लाख जनसंख्या घट्यो

जापान । जापानमा पछिल्ला ५ वर्षमा झन्डै १० लाख जनसंख्या घटेको छ । यो सन् १९२० यताकै सबैभन्दा बढी जनसंख्या गिरावट हो ।

गत वर्षको अक्टोबरसम्म जापानको जनसंख्या पौने १३ करोड नयाँ जनगणनाले देखाएको छ । जुन अघिल्लो गणनाभन्दा शून्य दशमलव ७ प्रतिशतले कम हो ।

जनसंख्याविद्हरूले यो कमी आउने प्रक्षेपण गरेकै हुन् । घटो जन्मदर र आप्रवासमा न्यूनीकरणले यो अवस्था आएको हो । साथै पाकाहरूको संख्यामा बढोत्तरी हुँदै जानाले अर्थतन्त्र शिथिल हुँदै गएको छ भने स्वास्थ्य खर्च भार पनि बढै गएको छ ।

राजधानी टोकियोलगायत ८ वटा सहरमा मात्रै यस अवधिमा जनसंख्या बढेको देखिन्छ । बाँकी ३९ सहरमा गिरावट मात्र देखिन्छ । फुकुसिमामा मात्र झन्डै सवा लाख मान्छे घटेका छन् । सन् २०११ मा भूकम्प र सुनामीबाट आक्रान्त फुकुसिमामै आणविक भट्टी क्षतिग्रस्त भएको थियो ।

गत शताब्दीका अधिकतर समय जनसंख्या बढेको जापानमा पछिल्ला दशकमा चाहिँ छिटछिटो गिरावट भएको देखिन्छ । पछिल्लो गणनाले चाहिँ जनसंख्या वृद्धि ठप्पै भएको देखाउँछ ।

अनुसन्धानकर्ताहरूले काम गर्ने उमेरको जनसंख्या भारी कटौती हुँदै जाने अनुमान गरेका छन् । साथै काम गर्न नसक्ने पाका र अशक्तहरूको संख्याचाहिँ बढ्नेछ ।

सरकारको आँकडा के छ भने, सन् २०६० भित्र जनसंख्याको ४० प्रतिशत ६५ वर्षमाथि वा त्योभन्दा पनि बढीको हुनेछ । कुल जनसंख्याचाहिँ अहिलेको भन्दा एक तिहाइ नै कम हुनेछ । अहिले करिब २५ प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथिको छ ।

प्रधानमन्त्री सिन्जो आवेले प्रतिमहिला सन्तान उत्पादन दर १ दशमल ४ बाट १ दशमलव ८ पुर्‍याउने लक्ष्य राखेका छन् । त्यसका लागि उनले शिशु स्याहार र कर उत्प्रेरणाका कार्यक्रम ल्याएका छन् । उच्च अर्थतन्त्रका लागि स्थिर जनसंख्या चाहिन्छ र त्यसका लागि जन्मदर कम्तीमा २ दशमलव १ हुनुपर्छ ।

आप्रवासलाई प्रोत्साहित गर्नु सहज समाधान भए पनि यससँगै जोडिने धेरै समस्याका कारण जापान सरकार सर्तक छ । जापान अझै पनि सबैभन्दा बढी एकल जातीय प्रभुत्व रहेको मुलुक हो । यहाँ विदेशी मूलका मानिसहरू २ प्रतिशतभन्दा पनि कम छन् ।

जापानलाई बृहत् स्तरको आप्रवासतर्फ लानुलाई एकदमै कठिन विषय ठानिएको छ । सरकारले सन् २००८ देखि मात्रै विदेशी नर्स र स्याहार कर्मचारीलाई भित्र्याउन थालेको हो । तर त्यो जनशक्तिलाई पनि एकदम कठिन मापदण्डका साथ नियन्त्रित राखिएको छ ।

प्रकाशितः बीबीसी, २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८२ असार २६ बिहीवार १२:५०

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८२ असार २६ बिहीवार १२:३४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

वि.सं.२०८२ असार २६ बिहीवार १२:१६

म्याग्दी  : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय...

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

वि.सं.२०८२ असार २६ बिहीवार १२:०९

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

वि.सं.२०८२ असार २६ बिहीवार १२:०१

काठमाडौं । सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा...

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

वि.सं.२०८२ असार २६ बिहीवार ०७:२५

सुरेन्द्रप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री सन् २०१६ पछिको अवस्थालाई अन्तर्राष्ट्रिय रुपमा चौथो...