काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १०।५ क्षमता रहेको तल्लो मोदी–२ जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता पिपिए भएकोछ ।
१० मेगावाटको मोदी–१ जलविद्युतको क्यासकेड आयोजनाको रुपमा बन्न लागेको यो आयोजनाबाट हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले बिजुली किन्नेछ ।
पिपिएमा युनाइटेड मोदी हाइड्रोपावरका तर्फबाट सुधीरप्रसाद तिमिल्सिना तथा प्राधिकरणका निमित्त नायब प्रबन्ध निर्देशक राजीव शर्माले हस्ताक्षर गरेका छन् ।
आयोजनाबाट उत्पादित १० मेगावाट बिजुली कम्पनी आफैंले निमार्ण गरेको १३२ केभिए प्रसारण लाइनबाट सबस्टेसनमा जोडिने छ । कम्पनीले २०७६ को असारमा विद्युत उत्पादनको लक्ष्य राखेको छ । यो आयोजनाले छिट्टै नै सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दैछ ।
१७ फागुन २०७२, ९.००
वि.सं.२०७२ फागुन १७ सोमवार १०:५७ मा प्रकाशित