back
SKIP
prime bank ad

काँग्रेस महाधिवेशनमा आउलान् त चिनियाँ राष्ट्रपति !

Kumari bank ad

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा निमन्त्रणा गर्ने क्रममा चिनियाँ रास्ट्रपति कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सि जिनपिङलाई पनि गरिएको छ । महाधिवेशनको उद्घाटनसत्र यही फागुन २० गते खुलामञ्चमा आयोजना हुँदैछ ।

सो समारोहमा भाग लिन सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुषमा स्वराज, भाजपा नेता भगतसिंह कोसियारी तथा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी लगायत नेतालाई निमन्त्रणा गरिएको छ।चिनियाँ कम्युनिस्ट पार्टीका पार्टीका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओलाई पनि महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनका लागि निमन्त्रणा पठाइएको काँग्रेस विदेश विभागका प्रमुख सुजाता कोइरालाले जानकारी दिएकी छन् ।

यसैगरी भारतीय बहुजन समाज पार्टीका अध्यक्ष कुमारी मायावती, भाकपा (माक्र्सवादी)का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका अध्यक्ष शरद पवार, महासचिव डिपी त्रिपाठी र भाकपाका महासचिव शुभराम सुधकर रेडीलाई आमन्त्रण गरिएको छ।

यस्तै भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नीतिश कुमार, उत्तराखण्डका मुख्यमन्त्री हरीश रावत, बङ्गालका मुख्यमन्त्री ममता बनर्जी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र जनता दल (युनाइटेड)का अध्यक्ष शरद यादवलाई निमन्त्रणा गरिएको कोइरालाले बताइन्।

म्यानमाकी प्रजातन्त्रवादी नेत्री आङ्साङ सुकी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष जर्ज पपन्द्रेयु र महासचिव लुइस आयलालाई पनि महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको छ। उद्घाटन सत्रमा बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान लगायत देशका नेतालाई समेत आमन्त्रण गरिएको छ।

१७ फागुन २०७२ / ९:३०

वि.सं.२०७२ फागुन १७ सोमवार २१:२८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै, भोली नेपाल फर्किने  

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै, भोली नेपाल फर्किने  

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:५८

मानसरोवर (चीन), १२ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...

दुई जना मेडिकल सञ्चालक पक्राउ   

दुई जना मेडिकल सञ्चालक पक्राउ   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:५४

दमौली, १२ असोज : आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:४४

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित   

१९औँ एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:३९

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा   

एनआरएनएका अध्यक्ष थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा   

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:३५

काठमाडौँ, ११ असोज : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष...

यस्तो छ, आज १२ असोज २०८० शुक्रवारको दैनिक राशिफल

यस्तो छ, आज १२ असोज २०८० शुक्रवारको दैनिक राशिफल

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...