काठमाण्डौं। नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ११ पैसा र विक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र विक्रिदर ३० रुपैयाँ १५ पैसा छ भने युएई दिरहम एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र विक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ९६ र विक्रिदर २६ रुपैयाँ ११ पैसा तोकेको छ । त्यस्तै, कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ८२ पैसा र विक्रिदर ८ रुपैयाँ ८७ पैसा रहेको छ ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ६२ रुपैयाँ ९४ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८९ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
१८ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन १८ मंगलवार ११:४७ मा प्रकाशित