
पोखरा । यहाँ दिउँसो ठूलो हावाहुरी चलेपछि सराङकोटबाट उडेका छ वटा प्याराग्लाइडर चालकसहित फेवातालमा खसेको छन् । पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रिमियर वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी थिए।
यसरी सहभागी मध्येका ७ वटा प्लाराग्लाइडर चालक सहित फेवातालमा खस्न पुगेका हुन् । उद्धारमा खटिएका प्रहरीले मौसम खराब भई हुरी चलेका कारण अनियन्त्रित भई सात वटा प्याराग्लाइडर खसेको र सबैलाई उद्दार गरिएको बताएका छन् । एकै पटक आएको भुमरीका कारण ६ वटा उडिरहेका प्याराग्लाइडिङ फेवातामा खासेका थिए।
१८ फागुन २०७२, २.००
वि.सं.२०७२ फागुन १८ मंगलवार १४:२७ मा प्रकाशित