
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपिओमा लगानी गरेका संस्थापक सेयरधनीलाई आफ्नो दरखास्त फिर्ता लिन नागरिक लगानी कोषले आग्रह गरेको छ ।
संस्थागत लगानीकर्ताले एफपिओमा लगानी गर्न नपाउने प्रावधार रहेको भन्दै कोषले कसैले लगानी गरेको भए दरखास्त फिर्ता लिन भनेको हो। कोषले यही फागुन २३ गतेभित्रमा आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट आवेदन फिर्ता लिन भनेको हो। कोषले २७ गतेबाट ती लगानीकर्ताको पैसा फिर्ता गर्ने जनाएको छ। इन्भेष्टमेन्ट बैंकको एफपिओ बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषले आवेदन फिर्ता नलिने संस्थापक सेयरधनीलाई वितरण प्रक्रियामा सहभागी नगराइने पनि स्पष्ट पारेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकले केहीदिन अगाडि निष्काशन गरेको एफपिओमा संस्थापक सेयर भएका सेयरधनीले लगानी गर्न नपाउने व्यवस्था धितोपत्र बोर्डले गरेको थियो। बोर्डले सूचना सार्वजनिक गरेर नै एफपिओमा लगानी नगर्न भनेको थियो।
१८ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन १८ मंगलवार १५:१४ मा प्रकाशित