
काठमाडौं । साना कम्पनीहरुको कारोबार बृद्धिसँगै सेयर बजारमा साढे पाँच अंकले बढेको छ । बजारमा १२३ कम्पनीका ५१ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल १० लाख ४८ हजार ९१८ कित्ता सेयर किनबेच भएका छन् ।
रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर ९आरएमडिसी० को दुई करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको २९ हजार २८९ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको अन्तिम सेयर मूल्य ९१८ रुपैयाँ कायम भएको छ । बजारमा सबैभन्दा वढी पोखरा फाइनान्स र सेती फाइनान्सका लगानीकर्ताले कमाएका छन् ।
१८ फागुन २०७२, ३.३०
वि.सं.२०७२ फागुन १८ मंगलवार १५:५६ मा प्रकाशित