back

एन प्याव्सनका अध्यक्ष अंग्रेजी बोल्न नजानेर धुरुधुरु रुन्थे …

Kumari bank ad

कर्ण शाही नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष हुन् । साथै उनी टेक्सास इन्टरनेशल स्कूल र कलेजका संचालक पनि हुन् । प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि उनी इन्जिनीयरिङ पढ्न चाहान्थे । तर घरको आर्थिक अवस्था अलि कमजोर भएकाले उनको त्यो सपना पूरा हुन सकेन । ठूलो संघर्ष गरेर पनि इन्जिनियर बन्न नसकेका शाही आज कसरी इन्जिनीयर तयार पार्नेसम्म भए ? प्रस्तुत छ, अर्थतन्त्रका लागि पत्रकार नवराज कुँवरले गरेको कुराकानी ।

म दैलेखको बाँसी भन्ने ठाउँमा २०२४ सालमा जन्मिएका हुँ । तत्कालीन सरकाले ल्याएको पुर्नबास योजना अन्तर्गत म २ वर्षको हुँदा दैलेखबाट नेपालगञ्ज बसाई सरियो । म ५ वर्ष हुँदादेखि केही कुराहरु थाहा पाउँछु । सुकुम्बासी कोटा अन्तर्गत बुढानिलकण्ठमा केही विद्यार्थीहरु पढ्नको लागि छात्रबृत्तिमा ल्याइन्थ्यो । तर मेरो पहुँच थिएन । त्यसैले बुढानिलकण्ठमा पढ्न आउन सकिएन । त्यसैले बाँके जिल्लाको खजुरामा रहेको जनता माध्यमिक विद्यालयमा म भर्ना भएँ । मेरो घरपरिवार सामान्य आर्थिक अवस्थाको थियो । मेरो बुवा किसान हुनुहुन्थ्यो । सानोमा म पढ्नमा पनि राम्रै थिएँ । उत्कृष्ट पाँचभित्रै पर्थें । मेरो बाल्यकाल सामान्य नै थियो । विद्यालय जीवन पनि सामान्य थियो ।

जनता माविबाटै मैले २०४२ सालमा एसएलसी पास गरेँ । सय जनाभन्दा बढी विद्यार्थीले एसएलसी दिएकोमा मसहित हामी जम्मा पाँच जनामात्र एसएलसी पास भयौँ । गाउँको लागि त्यो गौरबको कुरा थियो । किनभने त्यतिबेला त एकै पटकमा एसएलसी पास हुनु भनेको अहिले ब्याचलर सक्नुभन्दा महत्व हुन्थ्यो । एसएलसी पास हुँदा त एउटा उत्सव जस्तै भयो गाउँमा ।

इञ्जिनियरिङ पढ्ने तयारीस्वरुप भारत गएँ
एसएलसीपछि गाउँमा पनि सबैले हाइहाई गर्न थाले । परिवारबाट पनि प्रोत्साहन मिलेको थियो । त्यतिबेलै मैले इञ्जिनियर हुने सपना बुनें । तर त्यतिबेला गाउँमा कलेज थिएन । पढ्नको लागि ठूला शहरतिरै जानुपर्ने । त्यसैले म इञ्जिनियर बनिछाड्ने संकल्प गरेर घरको सल्लाहमा २०४२ सालमा भारतको उत्तर प्रदेशमा आइएसी पढ्न गएँ ।

अंग्रेजी बोल्न नजानेर कोठामा आएर रुन्थेँ
पढ्न त गईयो, तर त्यहाँ पुगेपछिको अवस्था अलि फरक भयो । गाउँमा पो एसएलसी सकेँ, अरुभन्दा क्षमतावान थिएँ । तर त्यहाँ त मभन्दा कैयौँ गुणा जान्नेहरुको भीड थियो । म त्यहीँ पुगेको थिएँ । म हिसाबमा राम्रै थिएँ तर नेपाली माध्यमबाट पढेकाले अंग्रेजी नबुझेर ठूलो समस्या भयो । हिसाब बुझेपनि फिजिक्स र केमिस्ट्री फिटिक्कै नबुझ्ने । त्यहाँ अरु विद्यार्थीहरु साइन्स ल्याबमा जान्थे, उपकरणहरु चलाउँथे म छक्क परेर हेरिरहन्थें । इञ्जिनियर बन्छु भनेर गाउँबाट सपना बोकेर इन्डिया पुगेको म अंग्रेजी समस्याले राती कोठामा आएर रुन्थेँ । तर रोएर समस्याको समाधान हुनेवाला थिएन । त्यसैले मैले मेहनत गर्न सुरु गरेँ । केही महिनापछि म अलिअलि अंग्रेजी बुझ्न थालेँ । म मेहनति थिएँ । त्यसैले आइएसी मैले २०४४ सालमा राम्रै अंकसहित उत्तिर्ण गरेँ ।

पहुँच र पैसा दुवै थिएन
विज्ञान संकायमा प्रविणता प्रमाणपत्र तहको अध्ययन सकेर म आफ्नो इञ्जिनियर बन्ने सपना पूरा गर्न काठमाडौँ छिरेँ । यहाँ आफन्त कोही थिएन । एकदुई जना साथीहरु थिए । उनीहरुकै साहारामा म आएको थिएँ । त्यतिबेला सिभिल इञ्जिनियरिङमा कोलोम्बो प्लानको लागि छात्रबृत्तिको लागि अप्लाई गरेँ । तर त्यहाँ कि पहुँच चाहिन्थ्यो कि पैसा । मसंग ती दुवै कुरा थिएनन् । प्राइभेटमा पढ्न सक्ने आर्थिक अवस्था पनि थिएन । मैले फेरि पुल्चोक क्याम्पसमा पनि प्रयास गरेँ त्यहाँ पनि भएन ।

इञ्जिनियररिङ असफल भएपछि विएस्सी पढ्न थालेँ
इन्जिनीयर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब विएस्सी भएपनि पढ्ने विचार गरेँ । तर त्यतिबेला निकै ढिला भईसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ । त्यतिबेला मैले त्रिचन्द्र क्याम्पसका स्ववियुका नेताहरुसंग गएर अनुनय गरेँ । उनीहरुले मेरो सबै यथार्थ बुझिसकेपछि कसोकसो गरेर भर्ना मिलाईदिए र म त्यहीँ विज्ञान संकायतर्फ स्नातक तहमा अध्ययन गर्न थालेँ ।

इन्जिनीयर बन्ने सपना तुहिएपछि मैले विएस्सी पढ्न सुरु गरेँ । त्यसपछि अब पढ्नका लागि पनि आर्थिक जोह गर्नुपर्ने बाध्यता ममा थियो । त्यसैले मैले आफू पनि पढ्दै टिउसन पढाउन सुरु गरेँ । टिउसन पढाउन थालेपछि राम्रो पढाउने शिक्षकको रुपमा अलि चिनिन थालेँ । सुरुमा थोरै विद्यार्थीहरु हुन्थे तर मैले सायद राम्रो पढाएकै कारण विद्यार्थीहरुको बाक्लो उपस्थिति हुन थाल्यो मेरो टिउसन कक्षामा । प्रवेशिका परीक्षाको पूर्वतयारीका लागि झण्डै १ सय जनासम्म हुन्थे ।

विद्यालय पढाउने मौका पाएँ
केही वर्ष टिउसन बढाएपछि त्यतिबेला बानेश्वर हाइटमा युनिभर्सल साइनस अफ लर्निङ भन्ने एउटा प्राइभेट स्कूल थियो । अहिले क्याम्ब्रिज स्कूल छ त्यो ठाउँमा । त्यो स्कूलको एकजना शिक्षिकाले मैले पढाएको देख्नुहुन्थ्यो । विद्यार्थीबाट पनि मेरो प्रशंसा सुन्नुहुँदो रहेछ । एकपटक उहाँको हाइस्कुलको एकजना शिक्षक विदामा रहेछन् । उनको ठाउँमा केही दिन पढाउन ती शिक्षिकाले मलाई बोलाउनुभयो । म त्यहाँ पढाउन थालेँ । त्यहाँ राम्रै भएकाले मैले केही समय पढाउने अवसर पाएँ । तर त्यहाँ पढाउँदै गर्दा मैले एउटा स्कूल आफै खोल्नुपर्छ कि भन्ने कुरा सोचेँ र एउटा शिक्षकका टिम बनाएर २०४८ सालमा दि ब्लू मून भन्ने स्कूल स्थापन गरेँ । म प्रधानअध्यापक भएँ ।

बारी बन्धकी राखेर विद्यालय खोलेँ
विद्यालय खोल्नको लागि आफुले त कति नै जम्मा गरिएको थियो र ! आफुलाई खाएर उब्रिएर बचोस् पनि कति । टिममा आएका साथीहरुको पनि केही लगानी र मेरो मुख्य लगानीमा विद्यालय खोलेका थियौँ । मैले चाहिँ गाउँको बारी बन्धकी राखेर विद्यालयमा लगानी गरेको थिएँ ।

यस कारण खोलेँ अंग्रेजी माध्यमको स्कूल 
म अंग्रेजीमा कमजोर भएकाले धेरै दुःख पाएको थिएँ । त्यसैले अबको जमानामा अंग्रेजी भाषाको महत्व बुझेर मैले अंग्रेजी माध्यमको विद्यालय खोलेको हुँ ।

राम्रो चलेको विद्यालय एकाएक घाटामा गयो
विद्यालय शुरुका वर्षहरुमा एकदमै चल्यो । धैरै विद्यार्थीहरु पनि थिए । जब विद्यालय आर्थिक रुपमा समेत बलियो, भयो त्यतिबेला पार्टनरसीपमा रहेका साथीहरुसंग विवाद भयो । अनि उहाँहरु सबैले सामूहिक रुपमा लगानी निकाल्ने निर्णय लिनुभयो । तर मसंग उहाँहरुको पैसा फिर्ता गर्ने रकम थिएन । अनि गाउँको खेत दृश्टिबन्धक गरेर उहाँहरुको पैसा फिर्ता गरिदिएँ । उहाँहरु त जानुभयो नै तर अधिकांश विद्यार्थीहरुलाई पनि लिएर जानुभयो । म त एक्लो थिएँ । तर पनि म पछि हटिन । विद्यालय चरम घाटामा पुग्यो । म त्यसको सामना गर्दै अघि बढेँ । म बेलाबेला हतोत्साहीत त हुन्थें तर राम्रो गर्ने प्रयास भने छाडिन । फलस्वरुप ०५६ सालबाट स्कूलले फेरि पीकअप लियो । म निजि विद्यालयहरुको सांगठानिक गतिविधिमा ०५४ सालबाटै आबद्ध थिएँ । त्यसैले म २०६० सालको चुनावबाट निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनको महासचिव भएँ ।

त्यसपछि फेरी स्कूलको व्यवस्थापन समितिभित्र विवाद आएपछि काठमाडौँ हाइयर सेकेन्डरी भन्ने जिरो प्लस् टू को नाम टेक्सास हाइयर सेकेन्डरी नाम राखेर ०६६ सालबाट स्कूललाई पनि त्यहीँ गावेर संचालन सुरु गरेँ । अहिले पनि यही विद्यालय र कलेज संचालन गरिरहेको छु ।

म इञ्जिनियर नभएर के भो, इञ्जिनियर उत्पादन गरिरहेको छु
हिँजो इञ्जिनियर हुन चाहान्थेँ । त्यसको लागि मैले ठूलै दौडधूप गरेँ, दुःख पाएँ । त्यो पढ्न नपाएपछि मैले शिक्षण पेसासंगै शिक्षामा लगानी गरेँ र आज इञ्जिनियर बनाउने यात्रामा होमिएको छु । कतिपय डाक्टर, इञ्जिनियर भैसके । अहिले हाम्रो कलेजमा इञ्जिनियरिङ पढाई हुन्छ । हिजो इञ्जिनियर हुन नसकेको म आज आफै इञ्जिनियर बनाउँदैछु । म गर्वका साथ भन्न सक्छु, इञ्जिनियर नभएर के भो, आखिर आफै इञ्जिनियर बनाईरहेको छु ।

शिक्षामा व्यापार हुनैपर्छ
निजि विद्यालयहरुले शिक्षामा व्यापार गरे भन्ने आरोप छ । तर म भन्छु शिक्षामा व्यापार हुनुपर्छ । अहिलेसम्म यही व्यापार नभएका कारण नेपालको शिक्षाबाट अपेक्षाकृत उपलब्धि हाँसील गर्न नसकिएको हो । उद्यमशीलता भनेकै आर्थिक अनुशासन हो र आर्थिक अनुशासन भनेको बैध व्यापार हो । बैध रुपमा व्यापार हुनुपर्छ त्यसपछि हुन्छ शिक्षामा प्रगति । निजि विद्यालयहरु कम्पनिमा दर्ता हुन्छन्, कम्पनिले व्यापार गरिहाल्छन् नि । तर मेरो भनाई त्यो वैधानिक हुनुपर्छ ।

१९ फागुन २०७२ / ९:२८:४३

वि.सं.२०७२ फागुन १९ बुधवार ०९:३१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...