काठमाण्डौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालको सिफारिसमा आज बसेको मन्त्रीपरीषद वैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो।
गभर्नरले सिफारिस गरेको चार नाममध्येबाट सरकारले दुई जनालाई नियुक्ती दिएको हो। सिफारिस नाममा त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डे रहेका थिए । शिवाकोटी एमाले समर्थक हुन् भने श्रेष्ठ कांग्रेस पक्षधरका हुन् ।
राष्ट्र बैंकको डेपुटी गभर्नर गत पुस १० गतेबाट रिक्त थियो। पाँच बर्षे कार्यकाल सकेर गोपाल काफ्ले र महाप्रसाद अधिकारी अवकास भएपछि डेपुटी गभर्नर रिक्त थियो। गभर्नर डा। नेपालले गत साता राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरेका थिए ।
१९ फागुन २०७२, २.००
वि.सं.२०७२ फागुन १९ बुधवार १४:११ मा प्रकाशित