रसिला होमागाई
भक्तपुर । धन कमाउन विदेशिनै पर्छ वा सुटबुट लगाएर कार्यालय जानु पर्दछ भन्ने छैन, इमान्दारीता र मेहनत भए जहाँ पनि धन कमाइ हुन्छ भन्ने उदाहरण हुन् इँटा बनाउने श्रमीकहरु ।
जीवन जिउन आवश्य धेरै पुर्वाधार बिना नै उनीहरु कष्ठ भोगरै भएपनि स्वदेशमा पसिना बगाउँदै छन् । सबैको आ–आफ्ना बाध्यता र बिवशताले गर्दा यो चिसो मौसममा पनि काम गर्न उनीहरु बाध्य भएका हुन् ।
मेसिन जसरी काम गर्नु यी सबै मानिसको रहर होइन, आ–आफ्नै समस्याले उनीहरु चिसोको आभास नगरी काम गरिरहेका छन् । रोल्पा कोर्चावाङ्ग–३ धापाका ५७ वर्षिय गैलाल घर्ती भक्तपुरको सुडालमा जीवन गुजाराको लागि बिहान २ बजे देखि इँटा बनाउने काम गर्दै आएका छन् ।
दुई छोराहरु शिक्षण पेशा गर्दै आइरहेको भएपनि श्रीमतीलाई नातीनातीना हेर्नको लागि घरमै छोडेर उनी काम गर्दै आएका छन् । गैलाल भन्छन् “बिहान २ बजे उठेर इँटा बनाउनु हाम्रो रहर होइन बाध्यता हो ।” बिगत यती धेरै मौसम चिसो नभए पनि आजभोली घटेको तापक्रमले परेको तुसोरोले धेरै चिसो भएपनि अघिल्लो दिन मुछेको माटो साँचोमा राखेर गैलाल दैनिक १२ सयसम्म इँटा बनाउछन् ।
बस्नलाई जस्ता ठडाएर बनाएको साघुँरो बासमा अन्य ५ जना साथीसंग यो चिसोमा उनी रात काट्छन् । इँटा बनाएर झ्याउली (छाप्रो) बिजुली बत्ती र पानी बिना नै बस्नु उनीहरुको बाध्यता हो ।
गैलालसंगै उनकै गाउँका तिर्थबहादुर, मनोज, राम, भक्त र कृष्ण बहादुर पनि काम गर्न भनेर रोल्पा देखि भक्तपुर आइपुगेका छन् ।
गत पुस÷माघमा जस्ताबाट तपतप चुहिएको सित र बिहानको चिसो हावाले रोल्पाका गैलाल जस्तै रामेछाप पकरबास ३ सिम्लेका ४५ वर्षिय रुपनारायण मान्धर र उनकी श्रीमती बिमला मान्धरलाई पनि चिसोले निकै सताएको थियो भने आजभोली गर्मी र लामखुट्टेले सताएको छ ।
तर पनि उनीहरु दैनिक बिहान २ बजे उठेर इँटा बनाउन सुरु गर्दछन् । उनीहरु घाम लाग्ने समयसम्म त करिब १५ इँटा बनाइ सक्छन् । घामले तातेपछि काम गर्न समस्या हुने उनीहरुको भनाई छ ।
गत साल बिरामी भएर धेरै इटा बनाउन नसकेको उनीहरु यसपलि भने राम्रै कमाई गर्ने सोचमा छन् । रामेछापमा गहुँ छर्ने काम सकेर कान्छो छोरो र छोरीलाई हजुर आमसंग छोडेर रुपनारायण भक्तपुर आएका हुन् ।
बिगत ७/८ वर्ष देखि इँटा बनाउने काम गरेर नै उनका जेठा छोरा राजधानीकै एक निजी कलेजमा उच्च शिक्षा अध्ययन गर्दैछन् भने कान्छो छोेरो र छोरी क्रमशः कक्षा १० र ८ पढ्दै छन् । आफुले बिभिन्न समस्याले गर्दा आफुले पढन् नसके पनि छोरोछोरीलाई धेरै पढाउने यि दम्पतीको योजना छ ।
बजारमा राम्रो इँटाको प्रति इँटा १५ देखि २० रुपैया पर्ने भएपनि काचो इँटा बनाउदै आएका श्रमीकहरुले भने गत साल प्रति इँटा ८० पैसा पाएका थिए | इँटा बनाएर चाङ्ग लगाए पछि बैदारले गन्ती गरेपछि मात्र उनीहरुको पैसा आउने पक्का हुन्छ यदि मौसमले साथ दिएन र गन्ती भन्दा अगाडी पानी प¥यो भने श्रमिकहरुको मेहनत सबै माटो हुन्छ ।
यसपाली भक्तपुरका इँटा व्यवसायीले कति दिने भन्ने पक्का गरेका छैनन् । बजार मूल्य निकै मँहगो भएकोले खाद्य सामाग्रीको जोह गर्न समेत श्रमिकहरुले निकै रुपैयाँ खर्च गर्नु पर्ने भएकाले यसपाली केही रकम बढ्छकी भन्ने आशमा धेरै श्रमिकहरु रेहका छन् ।
१९ फागुन २०७२ / ६:१०
वि.सं.२०७२ फागुन १९ बुधवार १८:१५ मा प्रकाशित