back
NMB Ad

झन्डा बोकेर देश चिनाउने दौडाहामा शिल्पकार

Nepal Bank

भक्तपुर । मुलुक भित्रै हराउँदै गएको राष्ट्रियता जगाउन र नेपाली झण्डा चिनाउनको लागि एक वृद्ध राष्ट्रिय झण्डा बोकेर हिडेको ४ महिना पुरा हुन लाग्यो ।

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ खौमामा वि.सं २०१३ साल फागुन ३० गते जन्मिएका लक्ष्मी नारायण शिल्पकार यो ६० वर्षको उमेर देश भित्रै देश चिनाउने महान अभियानमा लागेका छन् ।

शिल्पकारहरुको पुर्खौली पेशा काष्ठकलामा लामो समय विभिन्न कला कृति कुँदेका लक्ष्मी नारायण पछिल्लो समय नेपालीले नेपाललाई भुल्न थालेको देखेर निकै चिन्तित् भए । त्यसैले स्वदेश र विदेशमा रहेको आम नेपालीलाई नेपालीपन बारे जगाउने मनसाय राख्दै उनले सेलाएको राष्ट्रियतालाई तताउन नेपालको झण्डा बोकेर यो अभियानमा लागेको बताउँछन् ।

चन्द्र–सूर्य अङ्कित त्रिकोण आकारमा बनेको नेपालको झण्डालाई नै धेरैले राजनीतिक पार्टीको झण्डा ठान्ने मानसिकता हटाउन उनी ९ फिट आधा उचाई भएको झण्डालाई १२ फिट उचाई भएको डण्डीमा राखेर नेपालका ४६ जिल्ला पुगिसकेका छन् ।

भुकम्प र नाकाबन्दीमा परेको नेपाली मनलाई देश प्रेम जगाउने उद्देश्य लिएर २०७२ मसिंर १ गते पूर्वको ताप्लेजुङ्ग जिल्लाबाट लक्ष्मी नारायणले यो अभियान थालेको थिए । हिमाली जिल्लामा मौसको कारणले केही समय जान समस्या हुने भएकाले २०७३ बैशाखसम्ममा आफ्नो अभियान सक्ने तयारीमा रहेको लक्ष्मीनारायणले बताए ।

साना साना झण्डाको स्टिकर बनाएर उनी यो अभियानमा भेट भएका प्रायः सबैलाई बाढ्ने समेत गर्दछन् ।

आफ्नो स्वविबेकले थालेको उनको यो अभियानमा धेरै नेपालीले माया गरेकोमा आफु निकै हर्षित भएको उनले कुराकानीको क्रममा बताए ।
मैले आजसम्म यो अभियान मेरै खर्चले थालेको हुँ, आशा छ अब बाकीँ जिल्ला पनि म यसरी नै पुग्न सक्नेछु, लक्ष्मी नारायणले भने ।

सडक सञ्जाल भएका जिल्लामा यातायातका साधनबाट र नभएका जिल्लाहरुमा पैदल नै अभियान गर्ने गरेको उनले जानकारी दिए ।
सबै जिल्लाका सदरमुकाममा आफु पुगेका र अब पनि बाकीँ जिल्लाहरुमा विगतमा जसरी नै पुग्ने लक्ष्मी नारायणको तयारी रहेको छ ।

युवा शक्ति कामको खोजीमा विदेशिने क्रमले गाउँघर शुन्य र खेतबारी बाझोँ भएको देख्दा आफुलाई नरमाइलो लागेको उनले बताए ।

“मैले आफ्नो सन्तान बाहेक अरुसंग नगद सहयोग मागेको छैन्, कसैले दिन चाहे मैले भन्ने गरेको छु तपाईकोमा जे पाक्छ मलाई त्यही खुवाउनु होस” भन्ने गरेको उनले हामीलाई बताए ।

यो अभियानमा विभिन्न जिल्लाका सञ्चारकर्मीले उनलाई गरेको सहयोग भने प्रशंसा गर्न लाएक रहेको समेत उनले बताए ।

दुई छोरा र एक छोरीका पिता लक्ष्मी नारायाणलाई उनको जिवनसंगीले भने ८ वर्ष अगाडी छोडेर स्वर्गवास भइन् ।

“मेरो यो कार्य मेरा सन्तानहरुलाई मन परेको छ उनीहरुले मलाई खर्च नपुग्दा फोन गरेपछि सम्बन्धित स्थानमा पठाइदिने व्यवस्था गरेका छन्” उनले भने ।

१९ फागुन २०७२ / ६:३०:३३

वि.सं.२०७२ फागुन १९ बुधवार १९:१८ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...