back

लादेनको नाममा ३ करोड डलरको सम्पत्ति भएको खुलासा

Kumari bank ad

बीबीसी, वासिङ्गटन । अल कायदाका नेता ओसामा बिन लादेनले मृत्युअघि लेखेको इच्छापत्रमा करिब ३ करोड डलर परिवारका नाममा छाडेको खुलेको छ । लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानको एबोटावादमा मारिएका थिए । उक्त कारबाहीका क्रममा बरामद इच्छापत्रसहितका विभिन्न दस्तावेजहरू नेसशनल इन्टलिजेन्स निर्देशकको कार्यालयले सार्वजनिक गरेको हो ।

१९९० को दशकमा उनले लेखेको इच्छापत्रमा भनिएको छ, ‘मेरो इच्छाको पालना गर्नू र यो पैसा जिहादका लागि खर्च गर्नू ।’

लादेनले आफ्नो २ करोड ९० लाख डलरको सम्पत्ति सुडानमा भएको बताएका छन् । तर, यो नगदका रूपमा छ, अन्य रूपमा भने खुलेको छैन । उक्त सम्पत्ति उनका हकवालालाई प्राप्त भए–नभएको पनि स्पष्ट भएको छैन । सन् १९९० को दशकमा ५ वर्षसम्म उनी सुडान सरकारको अतिथिका रूपमा रहेका थिए ।

अर्को एक पत्रमा लादेनले आफ्नो मृत्यु भएमा पत्नी र बच्चाहरूको हेरविचार गर्न पितासँग आग्रह गरेका छन् । २००८ मा लेखेको पत्रमा उनले भनेका छन्, ‘यदि म मारिएँ भने मेरा लागि धेरै प्रार्थना गर्नू र धेरै पैसा दान गरिदिनू ।’

आफ्नो पत्रमा लादेनले पश्चिमी देशले चलाएको ‘आतंकवादविरुद्धको युद्ध’ र अफगानिस्तानमा अमेरिकी सैन्य अभियानका बारेमा पनि उल्लेख गरेका छन् ।

उनले पत्रमा भनेका छन्, ‘सोचेको थिएँ युद्ध सहज हुनेछ र केही दिन या केही सातामै लक्ष्य हासिल हुनेछ ।’ तर, अझै संयम र धैर्यका साथ अगाडि बढे जित आफूहरूकै हुने उनले पत्रका उल्लेख गरेका थिए ।

प्रकाशितः २०७२ फाल्गुन २०

वि.सं.२०७२ फागुन २० बिहीवार १२:१५ मा प्रकाशित

You can share this post!

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...