
वासिंगटन । सयुक्त राष्टसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्धहरु लगाउने चीनको समर्थनप्राप्त प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरिसकेको छ ।
प्योङयाङले हालै गरेको परमाणु र क्षेप्यास्त्र परिक्षणको पृष्ठभुमिमा पछिल्लो कदम चालिएको बीबीसीले जनाएको छ । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाबाट बाहिरिने र भित्रिने मालसामानको निरिक्षण गर्ने र उस्लाई हातहतियार बिक्रि गर्न पूर्णरुपमा बन्देज लगाउने प्रस्ताव गरिएको छ ।
नयाँ प्रस्तावहरु अनुसार अब पहिलो पटक संयुक्त राष्ट्रसंघका सदस्यहरुले उत्तर कोरिया पठाइने वा त्यहाँबाट आउने सबै मालसामानको विस्तृत जाँच गर्नु पर्नेछ । नेपाली समय अनुसार आज बिहान गरिएको घोषणा मस्यौदा प्रस्तावमाथि आउने सप्ताहअन्तमा मतदान हुन अपेक्षा गरिएको छ ।
प्रकाशितः २०७२ फाल्गुन २०
वि.सं.२०७२ फागुन २० बिहीवार १५:२६ मा प्रकाशित