काठमाडौं । आज पुँजी बजारले ४.९८ अंक थप्दै १३००.७६ अंकमा पुगेको छ । यसका साथै बजारमा १२६ कम्पनीका ६२ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल १० लाख ८४ हजार ९२ कित्ता सेयर किनबेच भएका छन् ।
बैंकिङ सुचक रातो भएको छ भने उत्पादनमूलक र अन्य सुचक स्थिर छन् । बाँकी सबै सुचक हरियो भएका छन् । सबैभन्दा वढी बिमा ५२.६७ अंक र होटल ४०.३६ अंकले बढेको छ ।
दिनभरीमा सबैभन्दा वढी रकमको नेपाल ग्रामिण विकास बैंकको पाँच करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आरएमडिसीको पाँच करोड १० लाख रुपैयाँ, सानिमा बैंकको दुई करोड २४ लाख र नेको इन्स्योरेन्सको दुई करोड नौं लाख रुपैयाँको किनबेच भएको छ ।
२० फागुन २०७२, ३.००
वि.सं.२०७२ फागुन २० बिहीवार १६:२१ मा प्रकाशित