back

एसएलसी परीक्षाको तयारी पूरा, ६ लाखले दिँदै

Kumari bank ad

भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताए।

जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उनले प्रश्नपत्रसमेत जिल्ला पठाएको बताए। उनले भने, ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठाई सकिएको छ, प्रश्नपत्र पनि अधिकांश जिल्लामा पठाइसकिएको छ, बाँकी बागमतीका, दोलखा, सिन्धुपाल्चोकलगायत १० जिल्लामा पनि पठाउँदैछौँ।’

परीक्षामा यस वर्ष छ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी छ लाख १२ हजार तथा प्राविधिकतर्फका तीन हजार विद्यार्थीले परीक्षामा सहभागी हुने जानकारी दिए। जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन्।

नियमिततर्फ प्राविधिकतर्फका ९९ विद्यालयका तीन हजार २५५ विद्यार्थी सहभागी हुँदैछन्। जसमा नियमिततर्फ दुई लाख २५ हजार ३४६ छात्र र दुई लाख २७ हजार ५३५ छात्रा सहभागी हुनेछन् । श्रेष्ठले सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने जानकारी दिए।

यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ। एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ। रासस

२१ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:१३ मा प्रकाशित

You can share this post!

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

वि.सं.२०८० असोज १५ सोमवार २०:२०

वासिङ्टन, १५ असोज विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वि.सं.२०८० असोज १५ सोमवार २०:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन...

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

वि.सं.२०८० असोज १५ सोमवार २०:०७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत...

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

वि.सं.२०८० असोज १५ सोमवार २०:०१

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर...

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १९:५४

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा...

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

वि.सं.२०८० असोज १५ सोमवार १८:०१

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र...