
काठमाडौँ । बङ्गलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले बङ्गलादेशलाई ऊर्जाको आवश्यकता रहेको र त्यसका लागि नेपालसँग प्रस्ताव गरिसकेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज बिहान आयोजना गरेको साक्षात्कारमा उनले दुई देशबीच ऊर्जाका आदानप्रदान गर्न सकिने सम्भावना रहेकाले यसतर्फ दुई देशका सरकारले तत्कालै पहल थालनी गर्नुपर्नेमा जोड दिए।
उनले गङ्गा, ब्रह्मपुत्र र मेघना नदी ९जिबिएन० बेसिनबाट ८० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले यस क्षेत्रको पानी र ऊर्जाको सङ्कट अन्त्य गर्न सकिने भएकाले यसमा साझेदारीको आवश्यकता औँल्याए ।
मन्त्री इनुले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको भन्दै दुई देश सांस्कृतिक बन्धनमा बाँधिएको भन्दै दुई देशबीच आर्थिक, पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।
अहिले सात हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेकामा सडक मार्ग खुला भएपछि यो सङ्ख्या बढ्ने सम्भावना व्यक्त गर्दै नेपालको हिमाल, पहाड हेर्न बङ्गलादेशी र बङ्गलादेशको नदी, समुद्री किनार हेर्न नेपाली पर्यटक जानसक्ने बताए ।
उनले भने, ‘‘नेपाल–बङ्गलादेशबीच हवाई सम्पर्क रहेकामा बङ्गलाबन्ध र फूलबारीसँगै मङ्गलपुर चितगाउँको बन्दरगाह पनि नेपालको लागि खुला भएकाले अब बृहत् साझेदारीको सम्भावना खुलेको छ ।” रासस
२१ फागुन २०७२, २।००
वि.सं.२०७२ फागुन २१ शुक्रवार १४:०४ मा प्रकाशित