
काठमाण्डौं । तोकेको दररेट भन्दा बढी रकममा औषधि बेचेको भन्दै राजधानीका दुई फर्मास्यूटिकल्समा बजार अनुगमन टोलिले छापा मारी सिलबन्दी गरेको छ।
महानगरीय प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसिहतको अनुगमन टोलीले राजदरबार उत्तर ढोकामा रहेको लोमस फार्म र हात्तीसारमा रहेको देउराली जनता फार्ममा शुक्रबार साढे एक बजेतिर छापा मारेको हो। ‘औषधिजस्तो संवेदनशील वस्तुमा कालोबजारी गरेको पाइएकाले छापा मारेर सिलबन्दी गरेका हौं’ एसएसपी थापाले भने ‘अनुसन्धान भइरहेको छ।’
सिलबन्दी भएका फर्मास्यूटिकल्समध्ये लोमस उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेको नाममा छ भने देउराली जनता फार्म मीनराज आचार्यको नाममा रहेको थापाले बताए।
प्रकाशितः सेतोपाटी, २०७२ फाल्गुन २१
वि.सं.२०७२ फागुन २१ शुक्रवार १६:२८ मा प्रकाशित