back

अस्पतालले नै गर्छ नवजात शिशुको बेचबिखन, प्रहरीद्वारा छापा, तीन पक्राउ

लहान । यहाँको लवकुश अस्पतालमा प्रहरीले छापा मारेर नवजात शिशु किन्ने महिलासहित दुई नर्सलाई पक्राउ गरेको छ। अबैध सम्बन्धबाट जन्मेको बच्चा काख लिने सप्तरी फत्तेपुर १ का दिल कुमारी चौधरी, लवकुश अस्पतालका अनमी शिवकुमारी चौधरी र सिएमए उषा चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको हो।

शनिबार विहान अस्पतालमा बच्चालाई जन्म दिएकी महिलाले अस्पतालमै बच्चा जिम्मा लगाएर दिल कुमारीलाई बेचेको सूचना पाएर लहान प्रहरीका डिएसपि उमा प्रसाद चतुर्वेदीसहितको प्रहरी टोली अस्पताल पुगेको थियो। शिशुसहित अस्पतालमा लुकि बसेको अवस्थामा दिलकुमारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

‘अस्पतालसँग डेलिभरी रेकर्ड माग्दा महिला र बच्चा अस्पतालमा नभएको बताएपछि तलासी गर्दै जाँदा दोस्रो तल्लाको अँध्यारो कोठामा दिलकुमारी बच्चा काखमा लिएर लुकि बसेको फेला परेको थियो’ डिएसपि चतुर्वेदीले नागरिकसँग भने, ‘दिलकुमारीले बच्चा आफ्नो नभई अस्पतालबाट प्राप्त गरेको बताईन्।’ त्यसपछि नर्सहरुसँग सोधपुछ गर्दै जाँदा अर्कै महिलाको कोखबाट उक्त बच्चा जन्मेको र उनी अस्पताललाई बच्चा दिएर गएको खुलेको हो।

तीन वर्ष अघि बैवाहिक बन्धनमा बाँधिएकी दिलकुमारीका अनुसार आफूलाई चिकित्सकले बच्चा नहुने भनेको बताएकी छिन्।

यो अस्पतालमा शिशु (स्त्री) साढे २ लाखदेखि चार लाख र पुरूष शिशुको ५ देखि १० लाखमा बच्चा नहुने दम्पतिलाई बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यहाँबाट बच्चा नेपाली र भारतीय दम्पति जसको कोख खाली छ उनलाई बेच्ने गरेको प्रहरीको खुलेको हो।

लवकुशको बच्चा बेच्ने धन्दा खुलासा भएपछि लहान प्रहरीले यस क्षेत्रका अस्पतालहरुमा निगरानी बढाएको छ।

फरार अस्पताल संचालक र बच्चा जन्म दिने महिलाको खोजतलास तीब्र पारिएको डिएसपि चतुर्वेदीले बताए।

प्रकाशित: नागरिक दैनिक, २३ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २३ आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

वि.सं.२०८० असोज ८ सोमवार १८:१०

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

वि.सं.२०८० असोज ८ सोमवार १८:०४

काठमाडौं। भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्...

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार १७:५५

मलेखु (धादिङ), ७ असोज : प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी...

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

वि.सं.२०८० असोज ८ सोमवार १७:४२

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल) को आयोजनामा असोज...

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

वि.सं.२०८० असोज ८ सोमवार १७:३०

कमलकुमार बस्नेत काठमाडौँ, ८ असोज : सन् २००९ मा अमेरिकामा...

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

वि.सं.२०८० असोज ८ सोमवार १७:२१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय...