
काठमाण्डौं । खेलकुदका माध्यमबाट राष्ट्रको गरिमा वृद्धिमा अतुलनीय योगदान गरेका खेलकुद क्षेत्रका तीन अग्रणी महिला खेलाडीलाई मानव बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपालले सम्मान गरेको छ ।
एक सय छैटौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्य, जुडो खेलाडी देवु थापा र फुटबल खेलाडी तुलसा सिंह सम्मानित भएका हुन् । पूर्वसभामुख दमननाथ ढुङ्गाना सहित संस्थाकी संस्थापक अनुराधा कोईराला लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।
२३ फागुन २०७२, १.००
वि.सं.२०७२ फागुन २३ आइतवार १४:२७ मा प्रकाशित