back

पाशुपत क्षेत्रमा साधु–सन्तको उपस्थिति बाक्लियो

काठमाडौं। पाशुपत क्षेत्रमा अहिले साधु सन्तको उपस्थिति निकै बाक्लो भएको छ ।

भोली सोमबार शिवरात्रि परेकाले देश तथा विदेशबाट आएका साधु, जोगी बाबाजी लगायत आउने क्रम जारी छ । शिवरात्रिमा मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावन लगायत स्थानबाट साधुसन्त आइरहेका छन् ।

बिगु बाबा समेत शिवरात्रिमा सहभागी हुन नेपाल आउनुहुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्वामी अभियानन्द र ९३ वर्षीय भीमा शङ्कर ‘गदुर बाबा’समेत आईपुगेका छन् ।

सोमबार विहानसम्म पनि साधुसन्त आउने बताइएको छ । गत वर्ष सात हजार साधु सन्त आएकामा यस वर्ष पाँच हजार आउने अनुमान कोषले गरेको छ । साधु सन्त व्यवस्थापनका लागि रु ११ लाख कोषले विनियोजन गरेको छ ।

अन्नपूर्ण आश्रममा नागा बाबालाई खान बस्नको व्यवस्था मिलाइएको छ । स्वर्गद्वारीमा सन्न्यासी, तिलगङ्गामा सामान्य जोगी तथा सन्तलाई खान बस्नको व्यवस्था गरिएको कोषको सदस्यसचिव डा।गोविन्द टण्डनले जानकारी दिए । कोषले देशविदेशबाट आएका साधुको तह निर्धारण गरी बसोबास तथा बिदाइका बेला रु १०० देखि पाँच हजारसम्म दक्षिणाको व्यवस्था मिलाएको छ ।

कोषले यस वर्ष शिवरात्रिमा ११ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ । त्यसका लागि विभिन्न चार दिशाबाट दर्शनका लागि पङ्क्ति व्यवस्थापन काम भइरहेको छ ।

वनकाली आसपास नै भारतको अमरनाथ तीर्थस्थलको प्रारुप तयार गरी अवलोकन गराइने छ । दुई वर्षअघि सोही क्षेत्रमा जम्मुकास्मिरस्थित वैष्णोदेवीको मन्दिरको प्रारुप बनाइएको थियो । आजै पाशुपत क्षेत्रस्थित वनकाली मन्दिर परिसरमा १८ फि अग्लो र आठ फि चौडा गणेशको मूर्ति आज अनावरण गरिएको छ ।

प्रकाशितः २०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार १७:२१ मा प्रकाशित

You can share this post!

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल   

वि.सं.२०८० असोज ८ सोमवार १८:१०

पाटन, ८ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

वि.सं.२०८० असोज ८ सोमवार १८:०४

काठमाडौं। भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्...

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

प्रेमिकाको हत्या गरेको आरोपमा प्रतिवादी पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार १७:५५

मलेखु (धादिङ), ७ असोज : प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी...

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी असोज २५ र २६ माः रजिस्ट्रेसन खुल्ला

वि.सं.२०८० असोज ८ सोमवार १७:४२

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल) को आयोजनामा असोज...

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय   

वि.सं.२०८० असोज ८ सोमवार १७:३०

कमलकुमार बस्नेत काठमाडौँ, ८ असोज : सन् २००९ मा अमेरिकामा...

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

वि.सं.२०८० असोज ८ सोमवार १७:२१

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय...