
तेहरान। इरानी अर्बपति ४२ वर्षीय बाबाक जान्जानीलाई आर्थिक अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। सन् २०१३ मा जान्जानीलाई २.८ अर्ब डलर हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको थियो।
उनलाई युरोपियन युनियन काउन्सिलले इरानमाथी लगाएको आर्थिक प्रतिबन्धको उल्लघंन गरेको आरोप छ। उनलाई इरानी तेल सम्झौताको समन्वयन गरेको र तेल सम्बन्धित रकम हिनामिना गरेको आरोप छ।
जान्जानीसहित अरु दुई व्यक्ति पनि भ्रष्टाचारको आरोपमा दोषी पाइएका छ्न।
अमेरिका र युरोपियन युनियनले जन्जानीलाई प्रतिबन्धको खिलाफमा इरानलाई तेल बेच्न सहायता गरेको आरोपमा कालोसूचीमा पारेका थिए। उनलाई देशको स्वाभिमानभन्दा माथि उठेर आफ्नो लागि रकम कमाएको आरोप लगाइएको छ।
२४ फागुन २०७२, १.००
वि.सं.२०७२ फागुन २४ सोमवार १४:४५ मा प्रकाशित