back

मोबाइल चलाउन नजानेपछि ५५ वर्षको उमेरमा विद्यालय भर्ना

Kumari bank ad

झापा । ज्यामिरगढी–२ की पञ्चमाया बराइलीलाई यतिबेला बिहानको समयमा नातिनातिनालाई विद्यालय पठाएर आफू पनि विद्यालय जान हतारो हुन्छ।

उमेरले ५५ वर्ष पुगिसकेकी छिन् उनी। तर उनी ज्यामिरगढीस्थित कालिका प्राथमिक विद्यालय कक्षा १ की विद्यार्थी हुन्। ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने उखान झैँ उनी यतिबेला ४ देखि ७ वर्षका नातिनातिना उमेरका नानीहरुसँगै १० देखि ४ बजेसम्म कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी छिन्।

यसरी यो उमेरमा पढ्नुका कारण हो मोबाइलमा अक्षर चिन्न नसक्नु। उनका ३६ र २६ वर्षका दुई छोरा छन्। जेठो तेस्रो मुलुकमा र माइलो छोरा भारतमा रोजगारीका लागि गएका छन्। माइली बुहारी भारतमै छिन्। जेठी बुहारी र नातिनातिनासँग बस्दै आएकी उनलाई छोराले पठाइदिएको मोबाइल चलाउन गाह्रो भएछ। उनी भन्छिन्, “धेरैलाई सिकाइ मागे तर कसैले सिकाइदिएनन्। उनले कैयौँ दिन अरूलाई नम्बर डायल गरी मागिन्। अक्षर नचिनेकै कारण कठिनाइ भोग्नु परेपछि उनलाई पढ्ने रहर जाग्यो।”

आफ्नै घरमा सिकुवामा बसेर पढ्न थालेको देख्नेले उनलाई घरै अगाडिको विद्यालयमा जान सुझाए। “बूढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो,” उनले पढ्न जाने बेलाको बेलिविस्तार लगाउँदै भनिन् – “जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कूल जान थालेँ।”

विद्यालय जान थालेपछि उनको दिनचर्या फेरिएको छ। उनी बिहान चाँडै उठ्छिन्। पूजापाठ गरेर घरधन्दा र नातिनातिनीलाई विद्यालय पठाउने काम सकेर उनी किताब च्यापेर विद्यालय जाने गर्छिन्। उनका नातिहरू चाहिँ बोर्डिङ स्कूल पढ्छन्। बाइस वर्षसम्म वैभव चिया बगानमा मजदुरी गरेकी पञ्चमायाले यसै वर्ष मात्र उमेरका कारण अवकाश लिएकी हुन्। बाल्यकालमा विद्यालय जान नपाएकी उनको १६ वर्षको उमेरमा हस्तबहादुर बराइलीसँग विवाह भएको थियो। प्रौढ शिक्षासम्म पढ्न नपाएकी उनी विद्यालय जान थालेपछि मनग्य नेपाली अक्षर चिन्ने भएकी छिन्।

बिहान १० बजे विद्यालय गएकी उनी ४ बजे छुट्टीमा एकैचोटि घर फर्कन्छन्। उनलाई विद्यार्थीले ‘हजुरआमा’ नै भनेर बोलाउने गर्छन्। उनी पनि धेरैलाई नातिनातिनी नै भन्ने गर्छिन्। यसो त उनी आफूले नजानेका पढाइका कुरा तिनै बालबालिकालाई सोध्ने गर्छिन्। “सानो भएर हुँदैन,” कक्षामा पढ्दै गरेकी उनले भनिन् – “राम्ररी सिकाइदिन्छन्।” यसो त उनी घरमा पनि फुर्सद निकालेर गृहकार्य र पढ्ने काम गर्दै आएकी छिन्। “मर्ने बेलामा यो बूढीले के गरेको होला भन्नेहरू पनि थुप्रै थिए,” पञ्चमाया पढेर विस्तारै अक्षर चिन्न थालेकामा प्रशन्न हुँदै भन्छिन् – “तर निरन्तर पढ्दै गएपछि अहिले हौसला दिने धेरै छन्।”

बूढेसकालमा पनि विद्यार्थी बन्न आइपुगेकी पञ्चमायाको उत्साह देखेर शिक्षक रीता प्याकुरेल खुसी व्यक्त गर्छिन्। “सुरुमा त मलाई पनि उहाँलाई पढाउन निकै अप्ठेरो भएको थियो,” शिक्षक प्याकुरेलले भनिन् – “उमेरले आमा समानको मान्छेलाई कसरी पढाउने, कराउन पनि नमिल्ने।” तर पञ्चमायाले सोचेभन्दा छिटो अक्षर लेख्न र पढ्न सिकेको प्याकुरेल बताउँछिन्। छोटो समयमा पनि धेरै जान्ने भएकी उनी अब त मोबाइल आफैँ चलाउन सक्ने भइसकेकी छन्।

उनले प्रधानाध्यापकलाई ठूलो सर, कुनै सरलाई मोटो, कसैलाई दुब्लो, कसैलाई गोरे भनेर चिन्ने गरेकी छन्। उनी आफ्नो मोबाइल विद्यालयमा आफूसँगै लिएर जान्छिन्। झोलामा मोबाइल हाल्छिन् र छोराहरूको फोन आयो भने शिक्षकलाई सोधेर बाहिर गएर मनलाग्दी कुराकानी गर्छिन्। उनी राष्ट्रिय गीत पनि उनी पूरै गाउन सक्ने भएकी छिन्। आफ्नो नाम नेपाली र अङ्ग्रेजी दुबैमा लेख्छिन्।

सधैँ घरमा पढेको देखेर आफूहरुले पनि पढ्नलाई विद्यालय आउनुहोस् भनेर हौसला दिएको प्रधानाध्यापक भक्तराज खड्काले बताए। “हामी उत्साहित भएका छौँ,” प्रधानाध्यापक खड्काले भने – “उहाँ यो उमेरमा त विद्यालय आउनुभएको छ। पढाइलाई उमेरले छेक्दैन भन्ने कुरा अरूले उहाँबाट सिक्नुपर्छ।” उनको उत्साहलाई प्रशंसा गर्नुपर्ने काँकडभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले बताए। रासस

२४ फागुन २०७२, १।००

वि.सं.२०७२ फागुन २४ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...