back
mega bank Ad
Hero Ad

कोरियामा आज एक नेपालीको मृत्यु

काठमाण्डौं । कोरियामा आज विहान एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ  । ६ महिना अघि इपिएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका लोक भट्टराई मंगलबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् । उनी छल्लाबुक्दो छाङसुको खुराक माउलमा रहेको टमटर हाउसमा काम गर्दै आएका थिए । त्यहाँ एक नेपाली कामदार कार्यरत छन् ।

ती कामदारका अनुसार सधै बिहान ६।३० बजे कफी खान उठ्ने गरेका भट्टराई आज ७ बजेसम्म पनि नउठे पछि ढोका खोल्ने प्रयास गरिएको थियो । भट्टराईले भित्रबाट लक गरेकाले प्रहरीको सहयोगमा झ्याल फोडेर हेर्दा मृत अवस्थामा देखिएका हुन् ।

अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ३४ वर्षीय भट्टराई यसअघि कोरियामा ३ बर्ष बसेर फर्केका थिए । उनका दुई छोरा र श्रीमती बुटवल बस्दै आएका छन् ।

गत आइतबारमात्र कञ्चनपुरका मोहनसिंह बुढापाल र गुल्मीका विजय खत्रीले आइतबार आफ्नै कम्पनि परिसरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
प्रकाशितः २०७२ फाल्गुन २५

वि.सं.२०७२ फागुन २५ मंगलवार १२:२३ मा प्रकाशित

You can share this post!

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

वि.सं.२०७९ असोज १ शनिवार ११:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व...

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

वि.सं.२०७९ असोज १ शनिवार ०९:३०

एजेन्सी । किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु...