
नयाँ दिल्ली । आइसीसी ट्वान्टी-२० कप आजबाट सुरु हुँदै छ। उद्घाटन खेल हङकङ र जिम्बावेबीच दिउँसो २स्४५मा सुरु हुनेछ । यो खेल भारतको नागपुरस्थित विदर्भ रंगाशालामा हुने भएकोछ।
आजै अर्को खेलमा अफगानीस्तानले स्कटल्याण्डको सामना गर्ने छ। यो खेल सोही रंगशालामा ७:१५बजे हुनेछ।
प्रतियोगितामा १० टेष्ट र छानिएर आएका ६ अन्य राष्ट्रहरु सहभागी छन्। टेष्ट राष्ट्रबाहेक हङकङ, अफगानिस्तान र स्कटल्याण्डसँगै नेदरल्याण्ड, आयरल्याण्ड र ओमान सहभागी छन्।
आइसीसी बरियता क्रममा अन्तिममा रहेका दुई टेष्ट राष्ट्र र छनौट भएर आएका छ राष्ट्रले पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
२५ फागुन २०७२, ११.००
वि.सं.२०७२ फागुन २५ मंगलवार १२:५९ मा प्रकाशित