
काठमाण्डौं । दश वर्षमा दश हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको सरकारले उर्जा क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्य सहित उर्जा क्षेत्रको विकासका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ ।
उर्जासचिव सुमन प्रसाद शर्माले उर्जा संकट निवारण तथा उर्जा विकास दशक कार्यान्वयनका लागि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सकेपछि दाता सम्मेलन आयोजना गर्ने तयारी अघि बढाइएको बताए ।
कार्ययोजना कार्यान्वयनका लागि प्रस्तावित जलविद्युत आयोजनाहरुमा लगानी तथा सहायता जेटाउने उद्देश्यले दाताहरुसँग छलफल गर्ने उनको भनाइ थियो ।
मन्त्रालयले दिएको जानकारीअनुसार सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जापान सहयोग नियोग, जर्मन सहयोग नियोगल गायतका दाता तथा विकास साझेदारहरुलाई बोलाइने छ ।
२५ फागुन २०७२, ११.००
वि.सं.२०७२ फागुन २५ मंगलवार १३:३६ मा प्रकाशित