
काठमाण्डौं । ५ सय मत गनिसक्दा कांग्रेसको महामन्त्री पदका दाबेदार शशांक कोइरालाले २१६ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १५६ र गगन थापाले १२७ मत ल्याएका छन्।
वीपी कोइरालाका कान्छा छोरा शशांक कोइराला, लामो समय संस्थापन पक्षसँग रहेका र अहिले देउवातर्फ गएका अर्जुननरसिंह केसी र नेपाली कांग्रेसको १२औं महाविधेशनमा सबैभन्दा बढी मत ल्याई केन्द्रीय सदस्य बनेका गगन थापा मध्ये कसले बाजी जित्ला सबैले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
२५ फागुन २०७२, ३.१५
वि.सं.२०७२ फागुन २५ मंगलवार १५:१४ मा प्रकाशित