back

ट्रिपर तथा ट्रक व्यवसायी आफ्नै भवन बनाउँदै

काठमाडौ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले जग्गा खरिद गरि आफ्नै नयाँ भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । समितिको पाँचौ वार्षिक साधारण सभाको अवसरमा समितिका अध्यक्ष कृष्ण पन्तले सो योजना सार्वजनिक गरेका हुन् ।

काठमाडौ चन्द्रागीरी नगरपालिकामा करिब साँढे ४ आना जग्गा खरिद कार्य सम्पन्न भएको र उक्त जग्गामा आगामि एक वर्ष भित्र समितिको आफ्नै पक्की भवन निर्माण सम्पन्न गरिने बताए ।Tripper 1

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले साधारण सभाको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य राख्दै महासंघ कार्यबाहक अध्यक्ष खनालले यातायात क्षेत्रका समस्यालाई यातायात क्षेत्रका सरोकार पक्ष सबै एकै ठाउँमा बसेर त्यसको समाधान निकाल्नुपर्ने भनाई राखे ।

कार्यक्रममा समितिको जग्गा खरिद तथा भवन निर्माणार्थ सहयोग गर्ने दाताहरु र संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सहभागी वक्ताहरुले हाल यातायात क्षेत्रमा मालबाहक सवारी साधनले कम इन्धन पाउँदा यी सवारी संचालनमा ठूलो समस्या झेल्नुपरेको भन्दै यसलाई विचार गरि सम्बन्धित सबै निकायले आफुहरुलाई न्यायको आँखाले हेर्नुपर्ने धारणा राखेका थिए ।

वि.सं.२०७२ फागुन २५ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

वि.सं.२०८० असोज ४ बिहीवार १७:३२

अशोक घिमिरे काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका...

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

वि.सं.२०८० असोज ४ बिहीवार १७:२७

काठमाडौँ, ४ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

वि.सं.२०८० असोज ४ बिहीवार १७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री...

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

वि.सं.२०८० असोज ४ बिहीवार १६:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र...