
विराटनगर । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको गएराति मृत्यु भएको छ ।
विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को २२ प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उनी गम्भीर घाइते भएका थिए ।
न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
प्रकाशितः २०७२ फाल्गुन २६
वि.सं.२०७२ फागुन २६ बुधवार १६:०८ मा प्रकाशित