back

अमेरिकाले फालेको कागज जम्मा गरेर विश्वकै धनी चिनियाँ महिला : झाङ जिन

एजेन्सि । ‘खेर गइरहेको कागज भनेको जंगल जस्तै हो । कागजहरुलाई चलाउन सकिएमा ती आफै पुस्तौं पुस्तासम्म पुनः प्रयोग हुन सक्छन् ।’ नाइन ड्रागन्स पेपरकी संस्थापक, आफ्नै बलबुतामा धनी बनेकी संसारकै महिलाहरुमध्येकी एक झाङ जिन (जसलाई हङकङकमा चोङ यान पनि भनिन्छ) लाई एक व्यक्तिले बताएको कुरा हो यो ।

यो भनाईले उनको जिन्दगी बदलिदिन्छ भन्ने सायद त्यो भन्ने मान्छेलाई पनि थाहा थिएन होला । तर यही भनाईलाई आत्मसाथ गरेर कागजको दुनियाँमा हाम फालेकी झाङ जिन अहिले संसारकै धनी महिलाहरुमध्ये पर्छिन् ।

उनको कम्पनीले अमेरिकीहरुले फालेको कागज संकलन गरेर चाइना पठाउने काम गर्छ, जहाँ उनले त्यसलाई कार्डबोर्ड एवं कार्टुनहरुमा बदल्ने काम गर्छिन् । पुनःप्रयोग गर्ने र कागज बनाउने एउटा सानो आइडियाले उनलाई संसारकै धनी महिलामध्ये एक बनायो । अहिले उनीसँग ४ दशमलव १ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति भएको हुरुन रिपोर्टले जनाएकोछ ।

२०१४ मा फोब्र्स म्यागजिनले उनलाई चीनकै सबैभन्दा धनी महिलाका रुपमा उल्लेख गरेको थियो । उनको कम्पनी नाइन ड्रागन्स पेपर चीनकै सबैभन्दा ठूलो कागज उत्पादक कम्पनी हो ।

अमेरिकी कागजहरु काठका गुदीबाट बनाउने गरिन्छ भने चीनका कागजहरु घाँस, बाँस र धानको भुसबाट बनाइने गरिन्छ । चीनका कागजहरु अमेरिकी कागजको तुलनामा कमजोर हुने भएकाले उनले आफूले अमेरिकीले फालेको कागज संकलन गरेर चीन पठाउने गरेको बताउँछिन् । उनका दुई कम्पनीहरु छन् एउटा उनको हङकङभन्दा बाहिर र अर्को अमेरिकामा ।

सामान्य सेनाको परिवारमा जन्मिएका आठ सन्तानमध्ये झाङ सबैभन्दा जेठी हुन् । उनले आफ्नो व्यापारलाई कसरी बढाइरहेकी छिन् भन्ने बारेमा त्यति धेरै बोल्ने गरेकी छैनन् । उनको एउटै जवाफ हुन्छ ‘म एउटी इमान्दार व्यवसायिक महिला हुँ, जसले आफ्नो कामदारहरुलाई कतिबेला प्रशंसा गर्ने र कतिबेला सजाय दिने भन्ने बुझेकी छु ।’

सन् १९८५ मा उनले कागज उत्पादन गर्ने कम्पनी खोलेकी थिइन् भने सन् १९९० मा विवाह पश्चात् अमेरिका प्रवेशी गरेकी थिइन् । दोस्रो विवाह गरेकी उनले विवाह पश्चात् आफ्ना दाँत विशेषज्ञ श्रीमानसँग मिलेर अमेरिका चुङ नम नामक कम्पनी खोलिन् ।

झाङलाई फोब्र्स म्यागजिनले सन् २०१५ मा चीनका सबैभन्दा धनी मध्ये ५ नम्बरमा रोखेको थियो । सन् २०१४ मा उनी १ सय ७औं नम्बरमा थिइन् ।

उनले अहिले आफ्नो श्रीमानसँग मिलेर सोहो चाइना नामक कम्पनी खोलेपछि भने उनी फोब्र्सको धनीहरुको सूचिमा ६ सय ६६ मा परेकी छिन् भने उनीसँग २ दशमलव ८ अर्ब सम्पत्ति भएको उल्लेख गरिएकोछ । हाल चीनको बेइजिङमा बस्ने उनी ५० वर्षकी भइन् ।

प्रस्तुती : इरादा पहाडी 

२६ फागुन २०७२ / ४:४०

वि.सं.२०७२ फागुन २६ बुधवार १९:३० मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...