back

किन राख्यो चीनले नेपाली भूमिमा सीसी क्यामेरा ?

Kumari bank ad
काठमाडौँ । नेपाल सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाइएको छ । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेर त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाए हो ।
केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा दुई दिनमात्र खुला गर्ने गरिएको छ । चीन प्रशासनले नेपाली सुरक्षाकर्मीलाई देन्दाङ नगरमा निमन्त्रणा गरी सीमा सुरक्षाबारे सचेत बन्न आग्रहसमेत गरेको छ ।
दुई महिनाअघि देन्दाङमा सीमा सुरक्षाचौकी किमाथांकाका सुरक्षा टोलीलाई निमन्त्रणा गरी नेपालीलाई चीन प्रवेश गराउँदा अनिवार्य प्रहरीबाट पास उपलब्ध गराउन चीन प्रशासनले अनुरोध गरेको थियो । अहिले प्रहरीको सिफारिस पास नलिएका स्थानीय बासिन्दालाई चीन प्रवेश गर्न रोक लगाइएको छ ।
चीन प्रशासनले नेपालतर्फ चिनियाँ नागरिक आए फिर्ता गराउनु र कुनै गतिविधि गरे कारबाही गर्नसमेत भनेको किमाथांका प्रहरीले जनायो । किमाथांका, चेपुवा र सीमा क्षेत्रवासी नुन, तेल, चामललगायत अत्यावश्यक सामग्री खरिद गर्न चीनको चाँगाबजार जानुपर्ने बाध्यता छ ।
सातामा दुई दिनमात्र नाका खुला गर्ने गरिएपछि समस्या भएको स्थानीय मीना नबाले बताए । ‘जोहो गर्ने चलन छैन, आवश्यक परे खरिद गरेर ल्याउने चलन थियो । अहिले सीमामा कडाइ गरेपछि समस्या भयो’, उनले भने ।
प्रहरीको पास लिएका सबैले चीन प्रवेश गर्न पाउने छैनन् । चिनियाँ सुरक्षाकर्मीले शंका लागेमा फिर्ता पठाउने गरेका छन् । बिहान १० बजे चीन प्रवेश गरेपछि पाँच बजेअगाडि नेपाल फर्किसक्नुपर्ने हुन्छ ।
दुई महिनाअघि डोल्पाका नेपाली व्यापारीले चीनका व्यापारीसँग चाँगा बजारमा झगडा गरी कुटाकुट गरेपछि नाकामा झन् कडाइ गरिएको किमाथांकाका निमाछेदर नाबाले बताए । बाहिरका व्यापारी आएर व्यापार गर्न थालेपछि चिनियाँ प्रशासनले कडाइ गरेको नाबाको भनाइ छ ।
चीनले सीसी क्यामेरामात्र नभएर चीनतर्फको भूभाग ‘सानो चाइना’ क्षेत्रलाई पूर्ण रूपमा तारजालीले घेरेको छ । व्यापार र ढुवानीका नाममा दैनिकजसो हेलिकोप्टर आउनु, अरुण नदीको किनारमा ल्यान्ड गरेर बिनाकारण घन्टौं बस्ने गर्नाले चीन प्रशासनले सीमामा कडाइ गरेपछि आफूहरूले दुःख पाउने गरेको किमाथांकावासीले बताए । अन्नपूर्ण
२७ फागुन २०७२

वि.सं.२०७२ फागुन २७ बिहीवार १०:२७ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...