
काठमाण्डौं । हुन्डाई मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले न्यू थिङ्कीङ न्यू पोसिबिलिटी भन्ने नारासहित अल न्यू हुन्डाई टक्सन गाडी नेपाली बजारमा भित्र्याएको छ ।
हुन्डाईको अल न्यू टक्सन आम अपेक्षा अनुरुप बनाइएको अत्याधुनिक गाडी हो। यो गाडी युरोपमा सवारी साधनको सुरक्षा मूल्यांकन गर्ने संस्था युरो एनसिएपीले अल न्यू टक्सन गाडीलाई उच्च श्रेणीमा राखेको छ । हुन्डाई मोटर्सको ‘फ्लुडिइक स्लुप्टुअर २.० डिजाइन’ सिद्धान्तमा आधारित डिजाइन र प्रविधि प्रयोग गरिएको छ । उपभोक्ताका लागि यसले अपेक्षाभन्दा बढी नै सन्तुष्टि प्रदान गर्ने कम्पनीले जनाएको छ।
अल न्यू टक्सनलाई एबिसीले ‘वर्ष २०१६ को उत्कृष्ट सवारी’ घोषणा गरेको छ । यो स्पेनमा दिइने अटोमोवाइल क्षेत्रकै प्रतिष्ठित अवार्ड हो ।
२७ फागुृन २०७२, १०.००
वि.सं.२०७२ फागुन २७ बिहीवार ११:१४ मा प्रकाशित