
काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । हाल सम्म कुल २५० मत गणना सकिएकाे छ ।
बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । बुधबार बेलुकासम्म १५० मतको गणना गरिएको थियो ।
कुल २५ खुल्ला केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको र सबै उम्मेदवारका प्रतिनिधिहरु राखेर मतगणना गर्दा ढिलो भएको उनले बताए । दुई ठाउँमा मतगणना गर्ने भनिए पनि अहिलेसम्म एक ठाउँमा मात्रै भइरहेको छ । खुल्लातर्फको गणना जारी रहेकै बेला आजै समावेशी आरक्षणतर्फको मतगणना पनि सुरु गर्ने तयारी भइरहेको छ ।
दलित र मुस्लिम आरक्षणको मतगणना आजै गरी नतिजा पनि आजै सार्वजनिक गरिने शर्माले जानकारी दिए । दलित तीन केन्द्रीय सदस्यका लागि २० र दलित महिलातर्फ दुई केन्द्रीय सदस्यका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।
कसले कति मत पाए (टप २५) ?
खुमबहादुर खड्का- १८४
प्रकाशमान सिंह- १८२
प्रदीप गिरी- १७४
शेखर को इराला- १७४
प्रदीप पौडेल- १७१
बालकृष्ण खााड- १६९
बिमलेन्द्र निधी- १६८
महेश आचार्य- १६२
कुलबहादुर गुरुङ- १६२
रमेश लेखक- १५८
पूर्णबहादुर खड्का- १५५
प्रकाशशरण महत- १५२
धनराज गुरुङ- १५०
विश्वप्रकाश शर्मा- १४९
रामशरण महत- १ ४९
सुजाता कोइराला- १४८
गोपालमान श्रेष्ठ- १४७
शंकर भण्डारी- १४४
बलबहादुर केसी- १४३
नारायण खड्का- १४०
ज्ञाने न्द्रबहादुर कार्की- १३९
मिनेन्द्र रिजाल- १३९
चन्द्र भण्डारी- १३६
बद्री पाण्डे-१३२
डिना महालक्ष्मी उपाध्याय- १२९
एनपी साउद- १२९
वि.सं.२०७२ फागुन २७ बिहीवार १४:५४ मा प्रकाशित