
काठमाण्डौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काठमाडौं परिसरको निर्देशनअनुसार चुरोट सेवन (चुसे) गर्नेहरुलाई कारबाही गर्ने अभियान चलाएकोछ जस अन्तर्गत २ हजार बढी कारवाहीमा परिसकेको बताइएकोछ ।
चोक, पसलका पेटी, क्याफे लगायतका स्थानमा बसेर चुरोट सेवन गर्नेहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिने र एक सय रुपैयाँ जरीवाना गर्ने गरेकोछ ।
नेपाल सरकारले सार्बजनिक स्थलमा सुर्तीजन्य पदार्थहरु खान रोक लगाउने भन्दै ०६८ सालमा नियमावली ल्याएको थियो । कानुन कार्यान्वयनको प्रमुख निकाय प्रहरीले त्यसको चार वर्षपछि अहिले आएर चुरोट सेवन गर्नेलाई करावाही गर्न थालेको हो ।
सार्वजनिक ठाउँमा बसेर धुम्रपान गर्नेलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर १ सय रुपैयाँ जरिवानाको चिट काट्ने गरेको पनि जनाएकोछ ।
२७ फागुन २०७२, ३.००
वि.सं.२०७२ फागुन २७ बिहीवार १६:२१ मा प्रकाशित