
काठमाण्डौं । सेयरबजारमा साना लगानीकर्ताको बाहुल्यता रहेको र संस्थागत लगानीकर्ताको कमी हुँदा बढेको सेयरबजारमा सचेत रहन धितोपत्र बोर्डले लगानीकर्तासँग आग्रह गरेको छ।
दिनदिनै नेप्से बढिरहेको अवस्थामा बजारमा हल्ला फैलाई मूल्य बढाएको हुनसक्ने संभावना प्रबल रहेका कारण सचेत भई लगानी गर्न धितोपत्र बोर्डले सुझाव दिएको छ। समग्र अर्थतन्त्रको अवस्था सन्तोषजनक नभएको अवस्थामा नेप्से बढ्नु स्वाभाविक नभएको बोर्डको भनाई छ।
असार मसान्तमा ९ सय ६१ दशमलव २३ अंक कायम भएको नेप्सेले अहिले १३ सय नाघेको छ। बजारको ऐनाको रुपमा आउनुपर्ने नेप्से अस्वाभाविक रुपमा बढेर १३ सय नाघेको धितोपत्र बोर्डले जानकारी गराएको छ।
२८ फागुन २०७२, ८.००
वि.सं.२०७२ फागुन २८ शुक्रवार १०:४९ मा प्रकाशित