back

अनुदानको बिऊबाट साढे २ अर्ब आम्दानी

Kumari bank ad

चितवन । जिल्लामा गत वर्ष बीउबाट दुई अर्ब ५९ करोड १० लाख रुपैयाँ आम्दानी भएको छ । गत वर्ष विभिन्न खाद्यान्न बालीको पाँच हजार ५१ मेट्रिक टन धान, मकै, गहुँ, तोरी, मुसुरो, राज्मा, बोडी, भटमासको बीउ उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका प्र्रमुख सोमनाथ घिमिरेले बीउ उत्पादनका लागि किसानलाई प्रोत्साहनका कार्यक्रम गरिएकाले उत्पादन बढ्दै गएको बताए । गत आवमा जिल्लामा तीन हजार २८४ हेक्टरमा बीउ उत्पादनका लागि खेती गरिएको थियो ।

एक हजार ५०० हेक्टरमा दुई हजार ५०० मेट्रिक टन धानको बीउ उत्पादन भई एक अर्ब, १२ करोड, ५० लाख रुपैयाँ आम्दानी भएको थियो । यस्तै एक हजार ७३० मेट्रिक टन बीउ उत्पादन हुँदा ८६ करोड ५० लाख रुपैयाँ आम्दानी भएको घिमिरेले जानकारी दिए ।

यसैगरी मकैबाट ३० करोड, मुसुरोबाट १४ करोड, राज्माबाट साढे सात करोड, तोरीबाट सात करोड २० लाख र बोडीबाट डेढ करोड आम्दानी भएको थियो । जिल्लामा ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो ।

“उन्नत बीउ उत्पादनका लागि मेसिन समेत वितरण गरेका थियौँ” प्रमुख घिमिरेले भने। रासस

२८ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैङ्कको प्रक्षेपण     

वि.सं.२०८० असोज १५ सोमवार २०:२०

वासिङ्टन, १५ असोज विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक...

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वि.सं.२०८० असोज १५ सोमवार २०:१६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन...

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

सानिमा रिलायन्स लाईफले १०० प्रतिशत विलम्ब शुल्क छुट दिने

वि.सं.२०८० असोज १५ सोमवार २०:०७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत...

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

आर्ट अफ लिभिङ विश्व संस्कृति महोत्सव सम्पन्न

वि.सं.२०८० असोज १५ सोमवार २०:०१

अमेरिका । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर...

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

बागमती प्रदेशले अस्थायी दरबन्दीलाई स्थायी गर्ने

वि.सं.२०८० असोज १५ सोमवार १९:५४

मकवानपुर, १५ असोजः बागमती प्रदेश सरकारले विभिन्न २१ वटा निकायमा...

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने   

वि.सं.२०८० असोज १५ सोमवार १८:०१

काठमाडौ, १५ असोज : सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र...