
काठमाण्डौं । महानगरपालिकाले काठमाण्डौं उपत्यकामा बनेका ८५ प्रतिशत घरहरु मापदण्ड विपरित भएको भन्दै अब त्यस्ता घरहरुमा पानी र बिजुलीको सेवा कटौती गर्ने भएकोछ । यसका साथै भवन निर्माण गर्न १÷२ तलाको नक्सा पास गर्ने तर मन लागी तला थप्ने र भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिनेको हकमा पनि सुविधा कटौती गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएकोछ ।
नक्सा पास विपरितका घर बनाएर प्रमाणपत्र नलिने प्रवृत्ति बढेको भन्दै त्यसलाई कडाई गर्नका लागि यो प्रक्रिया सुरु गर्न लागिएको महानगरपालिकाले जानकारी दियो ।
महानगरपालिकाले भूकम्प गएपछि गत असोजबाट निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेपनि ९० प्रतिशतभन्दा बढीले भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएका थिनन् । तर पुसबाट त्यस्ता घरलाई बैंकबाट ऋण लिन,पानी र बिजुलीको सुविधाबाट वञ्चित गरेसँगै प्रमाणपत्र लिने क्रम बढे पनि अझै ८५ प्रतिशतभन्दा बढीले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छैनन् ।
२८ फागुन २०७२, १२.००
वि.सं.२०७२ फागुन २८ शुक्रवार १४:२२ मा प्रकाशित