back
Kumari Bank

साना किसान बैंकले कमायो साढे १० करोड

Nepal Bank

काठमाडौं । साना किसान विकास बैंक १६ औं बर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैंकको अधिकृत तथा जारी पुँजी ६४ करोड र चुक्तापुँजी ४० करोड २४ लाख ४९ हजार ८०० रहेको छ ।

स्थापनाकाल देखिनै मुनाफामा सञ्चालित यस बैंकले आर्थिक वर्ष ०७१/७२ मा १५ करोड ४१ लाख खुद नाफा गर्न सफल भएकोमा चालु आ.ब.को ६ महिनाको अवधिमा नै १० करोड ३९ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

चुक्ता पुँजी मध्ये साना किसान सहकारी संस्थाहरुको सबैभन्दा बढी अर्थात ३९ प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत, कृषि विकास बैंकको २२ प्रतिशत, नेपाल बैंक लि.को ६ प्रतिशत र नबिल बैंक लि.को ३ प्रतिशत स्वामित्व रहेको बैंकले जनाएको छ ।

२०७२ साल पौष मसान्तमा यस बैंकको कुल सम्पत्ति ९ अर्ब ८७ करोड पुगेको छ ।

दुग्ध तथा मासुजन्य पदार्थको आपूर्ति र बढ्दो आयात घटाउन देशभित्रै मासुजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले बैंकले नेपाल सरकारको ऋण सहयोगमा २०६७ चैत्र महिना देखि क्रमशः पशुपालन कर्जा कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमबाट २०७२ माघसम्ममा ३३० सहकारी संस्थाका ६० हजार जना किसानलाई ४९४ करोड कर्जा प्रवाह भएको छ ।

२०५८ फागुन २७ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रीयस्तरको “घ” वर्गको लघुवित्त बैंकको रुपमा स्वीकृत प्राप्त गरी यस साना किसान विकास बैंकको स्थापना भएको हो ।

वि.सं.२०७२ फागुन २८ शुक्रवार १७:२६ मा प्रकाशित

You can share this post!

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र   

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र   

वि.सं.२०८२ असार २५ बुधवार १७:२२

काठमाडौँ : विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र...

नेपाल टेलिकमद्वारा मनसुन अफर सार्वजनिक, आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध

नेपाल टेलिकमद्वारा मनसुन अफर सार्वजनिक, आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध

वि.सं.२०८२ असार २५ बुधवार १६:५७

काठमाडौं । नेपाल टेलिकमले भोलि २०८२ असार २६ देखि लागु...

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, यस्ता छन् प्राथमिकता   

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक, यस्ता छन् प्राथमिकता   

वि.सं.२०८२ असार २५ बुधवार १६:५०

काठमाडौँ, २५ असारः नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

वि.सं.२०८२ असार २५ बुधवार १५:१७

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार २५ बुधवार १५:०७

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त   

त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त   

वि.सं.२०८२ असार २५ बुधवार १४:४४

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा...