back

आयोगद्वारा ६ सय ११ शिक्षकका लागि दरखास्त आव्हान

काठमाण्डौं । शिक्षक सेवा आयोगको हिजो बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ शिक्षक पदका लागि दरखास्त आब्हान गर्ने निर्णय गरेकोछ ।

२०६३ बैशाख १० पछि रिक्त रहेका मावि शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन खोलिएको आयोगले जनाएको छ ।

विभिन्न १४ विषयमा शिक्षक माग गरिएको छ र यस मध्ये सबै भन्दा धेरै विज्ञानका लागि १ सय ५० पदका लागि आबेदन माग गरिएको छ । दोस्रोमा अंग्रेजीका लागि १ सय २८, नेपालीका लागि १ सय ७ सामाजिकका लागि ९३ र गणितका लागि ८७ पदको विज्ञापन मार्फत माग गरिएको छ ।

त्यस्तै लेखामा २०, स्वास्थ्य तथा जनसंख्यामा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३ र ३ पदका लागि विज्ञापन गरिएको छ । शिक्षा र संस्कृत भाषका लागि २र२ तथा कृषि र वेदका लागि १, १ पद तोकिएको छ । ३० दिन भित्र आवेदन भर्न पाईने भएकाले फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको छ ।

पाँचै क्षेत्रीय कार्यालय सहित हरेक क्षेत्रमा एक जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था गरिएको छ । पूर्वाञ्जलमा जिशिका मोरङ्, मध्यमाञ्चलमा ललितपुर, पश्चिमाञ्चलमा रुपन्देही, मध्य पश्चिममा दाङ र सुदुर पश्चिममा कैलाली जिशिकामा फारम भर्न पाईने ब्यवस्था गरिएको आयोगले जनाएको छ ।

३० फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ३० आइतवार ११:३७ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...