
काठमाडौं । अब एक महिना पछि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश सुशीला कार्कीलाई देख्न पाइने भएको छ ।न्याय परिषद्ले कार्कीको नाम संवैधानिक परिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पदावधि एक महिनापछि सकिने भएकाले परिषद्को आइतबार बसेको बैठकले भाबी प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले संसदीय सुनवाइका लागि कार्कीको नाम संसद्मा पठाउनेछ । संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट कार्कीको नियुक्ति हुनेछ ।
१ चैत २०७२ / ८:२९:२७
वि.सं.२०७२ चैत १ सोमवार ०८:३५ मा प्रकाशित