
काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजबाट लागु हुने गरी दिनको १ घण्टा लोडसेडिङ घटाएको छ । एसएलसी परीक्षालाई लक्षित गरी लोडसेडिङ घटाइएको प्राधिकरणले जानकारी दिएको छ ।
यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ अव हप्ताको ८४ घण्टा लोडसेडिङ हुने बताइएको छ । अब दिनमा भने १२ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि गत माघ १८ गते लोडसेडिङ बढाएको थियो। भारतबाट ८० मेगावाट बिजुली आयात हुन थालेपछि दैनिक २ घण्टासम्म लोडसेडिङ घट्ने बताइएको थियो ।
१ चैत २०७२, ११.३०
वि.सं.२०७२ चैत १ सोमवार १२:३६ मा प्रकाशित