
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले कुल ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गरेकोछ । यही चैत ७ गतेदेखि २३ गतेसम्म विक्री खुला गरिने बचतपत्रमा लगानी गर्न चाहनेले वार्षिक ८ प्रतिशत व्याज पाउने छन् ।
उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिने सकिने छ । लगानीकर्तालाई ६र६ महिनामा व्याज रकम भुक्तानी गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले ल्याएको नागरिक बचतमा न्युनतम १० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नवढाई १० हजारले भागगर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिने छ । उक्त बचतपत्रको यही चैत २८ गते नै निष्काशन गरिने समेत राष्ट्र बैंकले जानकरी दिएको छ ।
आवेदनका लागि बजार निर्माताका लागि इजाजतपत्र लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा राष्ट्र बैंकको काठमाडौं वाहिरका शाखाहरुबाट निशुल्क फारम पाइने छ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । फारम भर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्दछ ।
२ चैत २०७२, ६।००
वि.सं.२०७२ चैत २ मंगलवार १०:४२ मा प्रकाशित