काठमाडौं । सेयर बजारमा मंगलबार एक करोड ७६ लाख पाँचहजार एकसय कित्ता सेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक र नेपाल बंगलादेश बैंकको बोनस सेयर मंगलबार सूचीकृत भएको हो ।
नेप्सेका अनुसार मंगलबार ग्लोबल आइएमई बैंकको एक करोड १५ लाख २६ हजार ६ सय ७८ कित्ता र नेपाल बंगलादेश बैंकको ६० लाख ७८ हजार चारसय २२ कित्ता सेयर सूचीकृत भएको हो । ग्लोबल आइएमई बैंकले २३ प्रतिशत र नेपाल बंगलादेश बैंकले २५ प्रतिशत बोनस सेयर दिएका थिए ।
२ चैत २०७२, ४.००
वि.सं.२०७२ चैत २ मंगलवार १६:५२ मा प्रकाशित