back
Kumari Bank

अनुदानको विरुवाबाट ३ अर्बको आँप

Nepal Bank

जनकपुर । मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब तीन अर्ब रूपैयाँको आँप फल्ने अनुमान छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २ सय ७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७ सय ९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो १ सय रूपैयाँमा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन हुने अनुमान कृषि विज्ञले गरेका छन् ।

गतवर्ष जिल्लामा दुई हजार २ सय ५५ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा २७ करोड ३६ लाख ५० हजार रूपैयाँको पाँच हजार ४ सय ७३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ । व्यापारीले किसानको खेतमै गएर बगैँचा ठेक्का लिने गरेका छन् ।

सरकारले अत्यधिक आँप उत्पादन हुने लवटोली, यज्ञभुमी, गोदार, भरतपुर, पुष्पवलपुर, धनुषधाम, लक्ष्मी निवास, ढल्केवर, बटेश्वर, भूइँचक्रपुरलगायतका गाउँमा किसानलाई ५० प्रतिशत अनुदानमा आँपको बिरुवा उपलब्ध गराएको थियो ।

यहाँका किसानले बम्बई, माल्दा, कलकतिया, आम्रपाली जातको आँपखेती गर्ने गरेका छन् । उत्पादित आँप स्थानीय बजारसहित काठमाडौँ, पोखरा, नेपालगञ्ज, बुटवल, भैरहवा र सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ । रासस

३ चैत २०७२, ७.००

वि.सं.२०७२ चैत ३ बुधवार १२:१५ मा प्रकाशित

You can share this post!

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

वि.सं.२०८२ असार २३ सोमवार २०:२९

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसर पारेर...

नेपालमा केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा, सस्तोमै फिचर–प्याक्ड ईभी

नेपालमा केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा, सस्तोमै फिचर–प्याक्ड ईभी

वि.सं.२०८२ असार २३ सोमवार २०:२१

काठमाडौं : नेपालको इलेक्ट्रिक सवारी बजारमा प्रतिस्पर्धात्मक मोडलहरू थपिँदै जाँदा,...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन अवधि घट्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन अवधि घट्यो

वि.सं.२०८२ असार २३ सोमवार १७:२०

काठमाडौं : नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि...

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन   

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन   

वि.सं.२०८२ असार २३ सोमवार १६:५४

बेइजिङ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप...

लोवर मिड रावा खोला हाईड्रोपावरले आईपीओ गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

लोवर मिड रावा खोला हाईड्रोपावरले आईपीओ गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

वि.सं.२०८२ असार २३ सोमवार १६:४६

काठमाडौं । खोटाङ जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको लोवर मिड...

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

वि.सं.२०८२ असार २३ सोमवार १५:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त...