back
Mega Long Ad

सेयर बजारमा एनआरएन एवं विदेशीलाई भित्र्याउन धितोपत्र बोर्डको निर्देशन

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि आटोमेटेड कारोवार प्रणाली भित्र्याउन धितोपत्र वोर्डले निर्देशन दिँदै नेपाली बजारमा एनआरएन एवं विदेशी लगानीकर्तालाई भित्र्याउन एवं विश्वसनीय वातावरण तयार पार्न भनेको छ ।

क्रस वोर्डर ट्रेडिङ÷लिस्टिङ (अन्तरदेशीय कारोबार तथा सुचीकरण), गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई नेपालको पुँजी बजारमा प्रवेश गराउनका लागि उनीहरुलाई समेत विश्वसनीय हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि आवश्यक भएको औंल्याउँदै बोर्डले यस्तो निर्देशन दिएको हो ।

विश्व पुँजी बजारको अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको स्थितिमा नेपालको धितोपत्र बजारमा समेत त्यसै अनुसार प्रणाली भित्राउन आवश्यक भइसकेको वोर्डको तर्क छ । वोर्डले भनेको छ– धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय प्रणालीसँग सामनजस्य हुने र टेस्टेड सिस्टम भित्राउनेतर्फ पहल गर्न निर्देशन दिइएको छ ।

नयाँ प्रणालीमा जाँदा लगानीकर्ताले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै बजारको विस्तारमा थप सहयोग पुग्ने वोर्डले निर्देशनमा उल्लेख गरेको छ ।

प्रकाशितः बिजमाण्डु, ३ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत ३ बुधवार १२:३० मा प्रकाशित

You can share this post!

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन...

चन्द्रागिरी हिल्सका लगानीकर्ताले आज कति गुमाए ?

चन्द्रागिरी हिल्सका लगानीकर्ताले आज कति गुमाए ?

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०४

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ ।...

दुई कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु

दुई कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४९

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा...

सेयर बजारमा दोहोरो अंकको गिरावट: कारोबार रकम पनि घट्यो, ३ कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको गिरावट: कारोबार रकम पनि घट्यो, ३ कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:२१

काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको...

आईसीएफसी फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट, प्रतिकित्ता कति घट्यो ?

आईसीएफसी फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट, प्रतिकित्ता कति घट्यो ?

वि.सं.२०७८ मंसिर १३ सोमवार १३:४९

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको...