back
mega bank Ad
Hero Ad

नेपालमै छ २० करोड टनको फलाम खानी, २३ खर्ब विदेशीनबाट रोकिने

कावासोती । नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भनेर पत्ता लागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरु (जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन् ।

छ वर्ष अगाडि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए । कोइला लगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा यो २३ खर्ब रुपैयाँ भन्दा बढीको भण्डार हो ।

विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो । धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूरा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

एक सय हेक्टर क्षेत्रफलभित्र चालु वर्षको अन्तिमसम्ममा विस्तृत सर्भेसक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताए ।

धौवादी र धौवादीकै पोखरीमासमेत उत्खननका बारेमा अध्ययन भइरहेको छ । जसका लागि एकहप्ता अगाडिदेखि जियोलोजिस्टद्वय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन् ।

उनीहरुले एक महिना लगाएर यहाँ काम गर्नेछन् । धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन् सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्न सकिने महानिर्देशक महतोले बताए ।

सम्भावना देखिएका ठाउँमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुनसकेको छैन । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टिल, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।

धौवादीमा विभागले उत्खनन्का बारेमा विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दा हौसिएका छन् । कालो पत्थरको यो पहाडमा चुम्बक सजिलै समात्ने ढुङ्गा भेटिने भएका कारण साना –साना बाललिका समेत चुम्बक लिएर ढङ्गासँग खेल्ने गरेका थिए ।

बोझा पोखरीका कुलबहादुर ठाडाले भने– ‘यहाँ फलाम खानीको रुपमा काम भए हाम्रो जीवननै फेरिने थियो’ । रासस

३ चैत २०७२, १।००

वि.सं.२०७२ चैत ३ बुधवार १४:१६ मा प्रकाशित

You can share this post!

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

वि.सं.२०७९ भदौ २२ बुधवार १४:५२

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको...

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २२ आइतवार १४:२५

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने...

देशभर थपिए ३१२ कोरोना संक्रमित

देशभर थपिए ३१२ कोरोना संक्रमित

वि.सं.२०७८ फागुन ११ बुधवार १७:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित...

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

वि.सं.२०७८ मंसिर १ बुधवार १३:३७

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका...

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:५४

काठमाडौ । हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले...

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

वि.सं.२०७८ असोज २७ बुधवार ०८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता...