back
NMB ad

सेयर कारोबारमा बृद्धि, एउटै कम्पनीले बेच्यो करिब ६ करोडको सेयर

Kumari bank ad

काठण्माडौं । दिनभरीमा बजारमा १२३ कम्पनीको ७० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा प्रिमियर इन्स्योरेन्सको मात्र झन्डै ६ करोडको किनबेच भएको छ । कम्पनीको ३६ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार २.९२ अंकको बृद्धिसहित बन्द भएको छ । कुल १० लाख २३ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ । बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको चार करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको ४६ हजार पाँच सय कित्ता सेयर किनबेच भएको हो ।

सबैभन्दा वढी कित्ता भने नेशनल हाइड्रो पावर कम्पनीको भएको छ । कम्पनीको अन्तिम मूल्य १९० रुपैयाँ छुँदै कुल एक लाख ९१ हजार ६१० कित्ता सेयर किनबेच भएको हो । कम्पनीको कुल तीन करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल बैंकको तीन करोड १० लाख, नेपाल लाइफ तीन करोड २ लाख, हिमालयन जेनरल इन्स्योरेन्स तीन करोड, फस्र्ट माइक्रोफाइनान्स दुई करोड ५४ लाख र लुम्बिनी जेनरल इन्स्योरेन्सको दुई करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार बिमा, होटल र बैंकले बजारको बृद्धिलाई धानेका छन् । गुमाउनेमा विकास बैंक र जलविद्युत् कम्पनीका सेयरहरु छन् । दुबै सुचक रातो भएको छ ।

३ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत ३ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

आइडा–२१ बैठक : औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३६

काठमाडौँ, ४ असारः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र...

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   

वि.सं.२०८१ असार ४ मंगलवार १०:३०

सुवास दर्नाल  सोलुखुम्बु, ४ असारः मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा महिना दिनअघि नै दुई पुल निर्माण   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:४१

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा...

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा मनोनित

वि.सं.२०८१ असार ४ मंगलवार ०६:२०

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय सदस्यमा...

आज निर्जला एकादशी,  घरका मठमा तुलसीको दल राखिँदै   

आज निर्जला एकादशी,  घरका मठमा तुलसीको दल राखिँदै   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:१५

काठमाडौँ : वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा   

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाः बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा   

वि.सं.२०८१ असार ४ मंगलवार ०६:०९

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको...