
काठमाण्डौं । रौतहटमा एक आमाले आफ्नै अवोध छोरीको हत्या गरेका छिन् । डेढ वर्षीय छोरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधवार राति नै पक्राउ गरेको छ ।
रौतहट पचरुखीकी २२ वर्षीया सुतनी देवीले काखकी छोरीको हत्या गरेको प्रहरीले जनाएको छ। उनले डेढ वर्षीया छोरी रिनालाई गंगापिपरा गाविस भवनको पछाडि बाँसघारीमा भूँइमा पछारेर हत्या गरेकी प्रहरीले जनायो। डेढ वर्षीय बालिकाको हत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरी नायव निरीक्षक चन्दन सिंहले महिलाको अवस्था हेर्दा मानसिक सन्तुलन ठिक नभएको जस्तो लागेको बताए । महिलालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताए ।
२०७२ चैत्र ४
वि.सं.२०७२ चैत ४ बिहीवार १०:५७ मा प्रकाशित